नेपाली कंग्रेस जोशीपुर गाउँकार्य समितिको सभापतिमा राजकुमार चौधरी निर्वाचित

असोज ७,
नेपाली कंग्रेस जोशीपुर गाउँ कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ। निर्वाचनबाट सभापति पदमा राज कुमार चौधरी निर्वाचित हुनु भएको छ। जोशीपुर गाउँ कार्यसमितिको निर्वाचनमा विश्वनाथ प्रसाद चौधरी र राज कुमार चौधरी सभापतिको उमेद्वार रहेका थिए । राजकुमार चौधरीले २७ मतले प्रतिस्पर्धीलाई पराजित गरि विजय हासिल गरेका हुन् ।
निर्वाचनमा जम्मा ११९ मत खसेको थियो । जसमध्य राजकुमार चौधरीले ७३ मत र विश्वनाथ चौधरीले ४६ मत प्राप्त गरेका थिए । अन्य पदाधिकारीहरु सर्वसम्मत निर्वाचित भएको निर्वाचन आयुक्तले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *