
जोशीपुर/असोज १३,
जोशीपुर गाउँपालिका १ नं. मा अवस्थित जोशीपुर खोनपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष प्रेम चौधरीको नेतृत्वमा २ सय विरुवा रोपण गरिएको छ। जोशीपुर खानेपानी आयोजना द्धारा ८ प्रजातिका २ सय विरुवा रोपिएको छ । ईलाका प्रहरी कार्यालय जोशीपुर, मोहन्याल माध्यमिक विद्यालय बडहरिया जोशीपुर, हनुमान मन्दिर जोशीपुर, खैरेनी आधारभुत विद्यालय जोशीपुर, छोटेलाल आधारभुत विद्यालय जोशीपुर, सोमेश्वर मन्दिर बडहरियाको परिसरमा वृक्षारोपण गरिएको अध्यक्ष चौधरीले बताउनु भयो ।
वहाँले बढ्दो सहरीकरण, वातावरणीय असन्तुलन र जलस्रोत सुक्दै जाने समस्यालाई न्यूनीकरण गर्न सार्वजनिक स्थल तथा खानेपानी आयोजना वरपर वृक्षारोपण अनिवार्य बनेको, वृक्षारोपणले भूजल स्तर (Underground Water Level)सुधार्न मद्दत गर्ने, जोशीपुर खानेपानी आयोजनाका स्रोतहरूलाई दीर्घकालीन रूपमा दिगो बनाउन सहयोग पु¥याउँने, बिरुवाले वातावरणमा रहेको कार्बन डाइअक्साइड सोसेर अक्सिजन उत्सर्जन गर्ने हुँदा स्थानीय वायु प्रदूषण कम भई वातावरण स्वच्छ राख्ने, बिरुवाका जराले माटोलाई बाँधेर राख्ने हुनाले माटोको कटान रोक्ने र बढ्दो गर्मी (तापक्रम) नियन्त्रण गर्न मद्दत पु¥याउँने तथा विद्यालय, मन्दिर परिसरमा गरिएको वृक्षारोपणले विद्यार्थी तथा दर्शनार्थीहरूलाई शान्त, स्वच्छ र हरियाली वातावरण प्रदान गर्नुका साथै वातावरणीय सचेतना बढाउँने बताउनु भयो ।
