
असोज ७,
नेपाली कंग्रेस जोशीपुर गाउँ कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ। निर्वाचनबाट सभापति पदमा राज कुमार चौधरी निर्वाचित हुनु भएको छ। जोशीपुर गाउँ कार्यसमितिको निर्वाचनमा विश्वनाथ प्रसाद चौधरी र राज कुमार चौधरी सभापतिको उमेद्वार रहेका थिए । राजकुमार चौधरीले २७ मतले प्रतिस्पर्धीलाई पराजित गरि विजय हासिल गरेका हुन् ।
निर्वाचनमा जम्मा ११९ मत खसेको थियो । जसमध्य राजकुमार चौधरीले ७३ मत र विश्वनाथ चौधरीले ४६ मत प्राप्त गरेका थिए । अन्य पदाधिकारीहरु सर्वसम्मत निर्वाचित भएको निर्वाचन आयुक्तले जनाएको छ।