जोशीपुरका महिलाहरुलाई लघुउद्यमी बनाउन अचार बनाउने तालिम

जेठ २३,
कैलालीको जोशीपुर गाउँपालिका अन्तरगतका महिलाहरूलाई स्वरोजगार तथा आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले अचार बनाउने तालिम दिइएको छ।
तालिममा आम, करैला, टिमुर, मासु लगायत विभिन्न प्रकारका अचार बनाउने विधि, आवश्यक सामग्रीको छनोट, सरसफाइ तथा गुणस्तर कायम गर्ने तरिकाबारे प्रशिक्षण दिइएको थियो।
जोशीपुर गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा जेठ १८ गेत देखि जेठ २३ गते सम्म सिप तथा क्षमता विसका अन्तरगत साविकको महिला विकास कार्यालयले गठन गरेको सहकारी समूह र समितिका सदस्यहरुलाई तालिम दिएइको हो ।

महिलाहरूले स्थानीय स्तरमा उपलब्ध कृषि उपजको प्रयोग गरी अचार उत्पादन गर्न सकिने र यसबाट अतिरिक्त आम्दानी लिन सकिने प्रशिक्षक जानकी रावतले बताउनु भयो । अचार उत्पादनसँगै प्याकेजिङ, ब्रान्डिङ तथा बजारीकरणका आधारभूत विषयमा समेत तालिम दिइएको वहाँले बताउनु भयो ।
त्यसै गरि आफ्नै बारीमा भएका तरकारी मार्फत व्यवसायिक रुपमा कसरी स्वरोजगार बन्ने भन्ने विषय प्रशिक्षक राम चन्द्र जोशीले राख्नु भएको थियो ।

त्यस्तै जोशीपुर गाउँपालिका ३ नं. वडा अध्यक्ष रेणु कुमारी डंगौराले सहभागी महिलाहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतारी घरमै सानो व्यवसाय सञ्चालन गरि आर्थिक अवस्था सुधार तथा उद्यमशीलता विकासमा टेवा पु¥याउने बताउनु भयो ।
सहभागिहरुलाई लघुउद्यमी बन्न आग्रह गर्दै तालिममा सिकेको सिपलाई व्यवहारमा उतारी व्यवसायिक बने मात्र सरकारले लगाएको लगानीको औचित्य रहने समेत वहाँले व्याख्या गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *