
बैशाख २७,
कैलालीको जोशीपुर गाउँपालिका अन्तरगतका बालबालिकाहरुलाई कराते प्रशिक्षण सुरु गरिएको छ । प्रशिक्षक सन्तोष वि.क.को नेतृत्वमा सञ्चालन भएको प्रशिक्षणमा बालबालिकाहरुको उत्साहजनक सहभागिता रहेको छ ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ सुरु गरिएको प्रशिक्षणले बालबालिकालाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ बनाउन सहयोग पुग्ने प्रशिक्षक वि.क.ले बताउनुभयो । उहाँका अनुसार खेलकुदले शरीर स्वस्थ राख्नुका साथै अनुशासन, आत्मविश्वास र सकारात्मक सोचको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने गर्दछ ।

पछिल्लो समय बालबालिकामा मोबाइलको अत्यधिक प्रयोग बढ्दै गएको भन्दै त्यसबाट हुने नकारात्मक असर कम गर्न खेलकुद प्रभावकारी माध्यम बन्न सक्ने अभिभावकहरुको बुझाई छ। । नियमित कराते अभ्यासले बालबालिकालाई समयको सदुपयोग गर्न, खराब संगतबाट टाढा रहन तथा आत्मरक्षाको सीप सिक्न सहयोग पुग्ने, बालबालिकाको व्यवहार सुधार तथा अनुशासन कायम गर्न सकारात्मक प्रभाव पार्ने अभिभावक लक्ष्मण वि.क.ले बताउनु भयो ।

जोशीपुर बजार व्यवस्थापन समितिको प्राङगणमा साँझ ५ः३० बजे देखि ६ः३० बजे सम्म खेलाईने खेलमा ३० भन्दा बढि सहभागी बालबालिकाहरु रहेका छन् भने प्रशिक्षार्थीहरु अझै बढ्ने प्रशिक्षक सन्तोष वि.क.को भनाई छ ।
