
बैशाख २६,
उद्योग वाणिज्य संघ भजनी को वार्षिक चुनावी साधारण सभाबाट नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।
संघको अध्यक्षमा जय बहादुर बुढा चयन हुनु भएको छ भने उपाध्यक्षमा रामप्रसाद रेग्मी, सचिवमा जनक बहादुर विक, कोषाध्यक्षमा शान्ति ओझा तथा सहसचिवमा विनोद शाह चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा क्रमशः निर्मला परियार, राजकुमार अग्रवाल, लाल बहादुर चौधरी, उपेन्द्र केसी, नृप बोगटी र नरेन्द्र थापा सर्वसम्मत रूपमा चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष जय बहादुर बुढाले निर्वाचन मण्डप, साधारण सभाका सम्पूर्ण पार्षद तथा पद त्याग गरी सहयोग गर्ने साथीहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ । उहाँले आगामी दिनमा व्यवसायीहरूको हकहित, व्यवसाय प्रवर्द्धन तथा संस्थागत विकासका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।