असार ३/जोशीपुर
जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई रोटरी क्लव धनगढीले २ थान अक्सीजन कन्सनट्रेटर हस्तान्तरण गरेको छ । कोरोना महामारीको विपदमा अक्सीजनको अभाव भईरहेको अवस्थामा क्लबले अक्सीजन उत्पादन गर्ने मेसीन हस्तान्तरण गरेको छ । जसले गर्दा कोरोना विमारी तथा अन्य अक्सीजन को कमि हुने विरामीका लागि राहत हुने जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रका डा.सचिन अवस्थीले बताउनु भयो । उक्त अक्सीजन कन्सनट्रेटर संविधान सभा सदस्य हरि श्रीपाईलीको पहलकदमीले जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई उपलब्ध गराईएको रोटरी क्लव प्रतिनिधि हरि प्रसाद गौतमले बताउनु भयो । प्रतिनिधि हरि प्रसाद गौतमले स्वास्थ्य केन्द्रका डा.सचिन अवस्थी र डा. राज कुमार चौधरीलाई सो अक्सीजन कन्सनट्रेटर हस्तान्तरण गर्नु भएको हो ।
