लगातार बर्षात र बाढीका कारण धानबाली नोक्सानहुदै

३ असार २०७८
खेमराज पाण्डेय
कैलालीको भजनीका किसानहरु फागनु, चैत महिनामा रोपेको धान घर भित्र्याउने कार्यमा व्यस्त रहेका छन् । भने अर्कोतर्फ बर्खे धान रोप्ने तयारीमा समेत किसानहरु जुटेका छन् ।
यतिबेला एक्कासी आएको बारीषले गर्दा किसानहरुलाई धान भित्र्याउन समस्या भइरहेको छ । लगातारको वारीषले गर्दा यो ठाउँ बाढी ग्रस्त क्षेत्र भएकाले खेतमा लगाएको धानबाली खेतमै डुब्ने खतरा रहेको भजनी ८ का स्थानिय समाजसेवी तुलाराम काफ्ले वताउछन् ।
त्यसैगरी भजनी नगरपालिका(८ सुनाफाँटाका किसान राधा ढुङ्गानाले यस वर्ष करीब दुई बिघा क्षेत्रफलमा चैते धान खेती गर्नुभएको छ । उहाँको धान अहिले पाकेर पहेंलो देखिएको छ । ‘‘पाकेर तयार भएको धान समयमा घरमा भित्र्याउन हतार भएको छ । अर्कोतर्फ लगातार वर्षा कारणले चैते भित्र्याउन नदिने होकी भनेर डर त्यत्तिकै छ । तयारी भएको धान वर्षात्अघि भित्र्याउनु पर्ने भएकाले हामी धान काट्नमा व्यस्त छौँ’ । ‘‘खेतमा पानी पसिसकेको छ ।’’
भजनीका अधिकांश किसानले चैते धान खेती लगाएका छन् भने भजनी नगरपालिका वडा नम्बर १ देखि ९ सम्म का किसानले बर्षाको धानबाली बाढीले नोक्सान गर्ने भएकोले चैते धान बढी उत्पादन हुने र फागुन चैत्रमा लगाइने भएकाले भजनी क्षेत्रका किसानहरु चैते धानप्रति आकर्षीत भएका छन् । बाढी नलाग्ने तथा डुबान नहुने क्षेत्रमा उनीहरु बर्खे धान पनि रोप्ने गरेका छन् । प्राय यहाँका किसानले चैते धान काटेर हुलाकी सडकमा बोक्ने र सोही दिन सडकमै तथा पायकपर्ने खेतमै धान थेसिङ गर्ने गरेर घर भित्र्याउने गनर्ने गरेकाछन् । अगुवा अनलाईनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *