
राजु चौधरी -राज) धनगढी, २८ चैत – चर्चित मोडल रितु चौधरी र फुलराम चौधरी अभिनित म्युजिक भिडियो …सात रंग केÚ एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।
शुलभ फिल्मस् प्रालिले शनिबार धनगढी स्थित एसटीएस सिनेमा हल मा आयोजना गरेको कार्यक्रममा भिडियो रिलिज गरिएको हो। सोही लगत्तै कम्पनीले आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत पनि भिडियो सार्वजनिक गरेको जनाएको छ।
आर्दश महतो को निर्देशन तथा कथावस्तु रहेको प्रेम कथामा आधारित उक्त भिडियो कनरी पार्क तथा कैलारी गाउँपालिका–९ सिमराना आसपास क्षेत्रमा छायांकन गरिएको हो।
गीतमा बिर चौधरी को शब्द तथा संगीत रहेको छ भने मनोज महतो र समिक्षा चौधरी ले स्वर दिएका छन्। अडियो मिक्सिङ चन्द्र चौधरी ले गरेका हुन् भने एरेन्ज गणेश चौधरी को रहेको छ।

त्यसैगरी भिडियोको छायांकन तथा सम्पादन दया शंकर चौधरी ले गरेका हुन्। भिडियो निर्माणमा जिभी मोबाइल पोइन्ट, माया फेन्सी स्टोर र सहयोगी फार्मेसीले सहयोग गरेका छन्।
सार्वजनिक कार्यक्रममा वक्ताहरूले भिडियोको प्रशंसा गरेका थिए। दया शंकर चौधरी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा राष्ट्रिय थारु कलाकार मञ्च सुदूरपश्चिम प्रदेशका अध्यक्ष संगत चौधरी रहेका थिए।
विशिष्ट अतिथिहरूमा माधव चौधरी, अम्बिका आचार्य, राजकुमार जोशी तथा जिभी मोबाइल पोइन्टका गोविन्द मुखिया लगायतले मन्तव्य राखेका थिए।
कार्यक्रमको सञ्चालन अनिल कुश्मी ले गरेका थिए ।
