
चैत्र १४,
जोशीपुर गाउँपालिका–६ सिमरी निवासी गज बहादुर कठरियाको सु.प.प्र.०१–००९प६९२ नम्बरको सुपर स्पेलेन्डर मोटरसाईकल गएराती चोरी भएको छ। शुक्रबार करिव ९ बजे देखि ११ बजेको विचमा घरको आँगनमा लक गरेर राखेको मोटरसाईकल चोरी भएको गज बहादुर कठरियाले बताउनु भयो । नयाँ तुलसी ट्रेडलिङ्ग टीकापुरको नाममा रहेको सो गाडी चोरी भए पछि निज कठरियाले ईलाका प्रहरी कार्यालय जोशीपुरमा खोजीनितिका लागि निवेदन दिनु भएको छ। फेला पार्नुहुने महानुभावले नजिकको ईलाका प्रहरी कार्यालय अथवा सम्पर्क नं. ९८००६६७२८७ मा सम्पर्क गरि दिन समेत वहाँले आग्रह गर्नु भएको छ ।

त्यसै गरि सोहि राती जोशीपुर गाउँपालिका ३ लक्कडमा रहेको छोटेलाल आधारभुत विद्यालयको कार्यालयको ताला तोडी दराजको लकर समेत तोडीएको विद्यालयका प्र.अ. कुमार सिंह कठरियाले बताउनु भयो । दराजमा रहेको केहि पैसा र क्यामरा चोरी भएको समेत उनले बताउनु भयो । जोशीपुर क्षेत्रमा चोरी, मोबाईल लुटपात जस्ता घटनाहरु धेरै भईरहेकोले सम्बन्धीत निकाय तथा प्रहरी प्रशासन कडाईका साथ निगरानी र रातीराती सम्म ड्युटी दिनुपर्ने आवश्यक रहेको आम नागरिकको भनाई छ।