कलाकार चन्दर चौधरीलाई ‘हमार चैनार समूह’द्वारा सहयोग

माघ २९,राजु चौधरी (राज)/धनगढी,
थारु कलाकार चन्दर चौधरी विगत केही समयदेखि गम्भीर नशासम्बन्धी स्वास्थ्य समस्याका कारण बिरामी अवस्थामा हुनुहुन्छ। घरपरिवारको एक्लो कमाउने सदस्य आफु स्वंयम् विरामी हुँदा वहाँको परिवारमा अहिले आर्थिक संकट आईपरेको छ। उहाँको स्वास्थ्य अवस्था अत्यन्त कमजोर भई हिँडडुलसमेत गर्न नसक्ने अवस्थामा छ । यस्तो कठिन परिस्थितिमा थारु कलाकारहरूको संस्था ‘हमार चैनार समूह’ले मानवीय सहयोग अन्तर्गत उहाँलाई नगद आर्थिक सहयोग प्रदान गरि मलहमपत्ति लगाउन मद्दत गरेको छ। समूहकी कोषाध्यक्ष उषा गोरी ब्राण्ड, गोविन्द मुखिया तथा कलाकार राजु चौधरी राजको उपस्थितिमा उक्त सहयोग रकम चन्दर चौधरीलाई हस्तान्तरण गरिएको हो।

‘हमार चैनार समूह’ले संकटमा परेका कलाकारहरूको साथमा उभिने आफ्नो सामाजिक दायित्व अनुसार यो सहयोग गरिएको समूहका अध्यक्ष मुन्नालाभ कुस्मीले बताउनु भयो । समूहले भविष्यमा पनि आवश्यकता अनुसार सहयोगका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत वहाँले व्यक्त गर्नु भयो । वहाँले भन्नु भयो “हरेक कलाकार तथा कलाप्रेमीले वहाँलाई सहयोग गरिदिनुस् मानवताको सेवा नै जीवनको सर्वोत्तम् कार्य हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *