
पुष ३,
अस्थाई ट्राफिक प्रहरी जोशीपुरका ईन्चार्ज अमरसिंह रानाको सरुवा भए पछि रानालाई सम्मान सहित विदाई गरिएको छ। ईलाका प्रहरी कार्यालय जोशीपुर, बजार व्यवस्थापन समिति जोशीपुर, विभिन्न गाउँका भलमन्साहरु, व्यापारी लगायतको उपस्थितिमा खादा माला र सम्मान पत्रले सम्मान गरि विदाई गरिएको हो । २०८२ साल असार ५ देखि पौष ३ गते सम्म जोशीपुर क्षेत्रको ट्राफिक व्यवस्थापन, सडक सुरक्षा प्रवद्र्धन तथा समुदायमै ट्राफिक सचेतना फैलाउन महत्वपूर्ण योगदान पु¥याएको भन्दै अस्थाई ट्राफिक प्रहरी पोष्ट जोशीपुरका प्रमुख ईन्चार्ज प्रहरी हवल्दार रानालाई जोशीपुर बजार व्यवस्थापन समितिले फेरि भेटौंला कार्यक्रम अन्तरगत सम्मान पत्र खादामालाले सम्मान गरेको हो ।

सडक दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन तथा यात्रु–सवारी सुरक्षित आवागमन सुनिश्चित गर्न समुदायप्रति देखाएको समर्पण, अनुशासन र सेवाभावका कार्यहरुमा महत्वपूर्ण योगदान गरेकोले निजलाई सम्मान गरेको जोशीपुर बजार व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र बमले बताउनु भयो ।
ट्राफिक रानाको विदाई सहित सँगै कार्यक्रममा नयाँ ट्राफिक प्रहरी हवलदार हरिष चन्दलाई जोशीपुरमा स्वागत गरिएको थियो। कार्यक्रममा ईलाका प्रहरी कार्यालय जोशीपुरका प्रमुख चंख बहादुर कठायतले कर्मचारीको सरुवा र बढुवा चलि रहने प्रकृया बताउँदै जहाँ गए पनि राम्रो कामले परिचित हुन दुवैलाई आग्रह र अनुरोध गर्नु भयो ।