विभिन्न गुनासो र सुझाव सहित ३१ औं आदिवासी जनजाती दिवस सम्पन्न

सावन २४,
कैलालीको जोशीपुरमा विभिन्न गुनासो र सुझाव सहित ३१ औं आदिवासी जनजाती दिवस मनाइएको छ। नेपाल आदिवासी जनजाती महासंघ गाउँपालिका समन्वय परिषद् जोशीपुरको आयोजनामा भएको दिवसलाई पूर्व स्वास्थ्य मन्त्री रामजनम चौधरीले प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो । वहाँले आदिवासी जनजातीहरुमा लाग्ने सिकलसेल एनेमियाँ रोगका विरामीहरुका लागि निशुल्क औषधि उपचार गर्ने पहल पश्चात अहिले विरामीहरु सेवा लिईरहेको बताउनु भयो । मुटुरोगी, क्यान्सरका विरामी, किड्नीका विरामीहरुका लागि पनि आफुले पहल र प्रयास गरेको बताउँदै उनिहरुलाई नेपाल सरकारले अहिले २ लाख सम्म छुट दिने गरेको व्याख्या गर्नु भयो ।

त्यसै गरि जोशीपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष रामकृष्ण चौधरीले स्थानिय सरकारबाट नै आदीवासीहरुको हक अधिकारलाई दबाउने प्रयास भईरहेको बताउनु भयो । आफु अध्यक्ष हुँदा आदिवासीहरुको भव्य उपस्थितिमा कार्यक्रम भएको र सवै समुदायका आदिवासीहरु आ–आफ्नो कला संस्कृति सहितको झाँकी प्रदर्शन गर्ने मौका पाएको पनि वहाँले बताउनु भयो ।
त्यसै गरि आदिवासी जनजातीहरुको नेतृत्व गर्ने यस आदीवासी जनजाती महासंघ जोशीपुरका अध्यक्ष चन्द्रिका चौधरीले सम्पूर्ण समुदायबाट आदीवासीहरुको प्रतिनिधित्व हुने गरि कार्यक्रम भव्य रुपमा यो दिवस मनाउनु पर्ने सुझाव रघुनाथ आदर्श बहुमुखी क्याम्पस व्यवस्थापन समिति अध्यक्ष विर बहादुर हमाल व्यक्त गर्नु भएको थियो ।

त्यसै गरि आदिवासी दिवसको कार्यक्रममा स्थानिय सरकारको नै उपस्थिति नहुनु दुखद विषय रहेको भुपु गा.वि.स. अध्यक्ष विरु प्रसाद चौधरीले बताउनु भयो । “यहाँ आदिवासी जनजातीहरुको घना बसोबास छ तर दिवसको दिन उनिहरुको समस्या, अवश्यकता, सुझावलाई सरकारले सम्बोधन गर्नुपर्ने थियो तर भएन ।” उनले भने ।

संस्थाका अध्यक्ष चन्द्रिका चौधरीको सभाध्यक्षतामा भएको कार्यक्रममा विविभन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । सरकारबाट न्यून बजेट विनियोजित भएपछि कार्यक्रम भव्य र सबैको संस्कृति सहितको कार्यक्रम गर्न नसकेको अध्यक्ष चौधरीको भनाई रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *