
सुधराम दहित/जेठ २०,
प्रदेश सुदूरपश्चिमको डोटी जिल्लामा अवस्थित ३ सय २२ बर्ग कि.मि क्षेत्रफल र १५ हजार ५ सय ४० जनसंख्या रहेको बोगटान फुड्सिल गाउँपालिका स्थानिय सरकार आए पश्चात विकासले तिब्र गति लिएको छ । डोटीको विकट क्षेत्र मानिने यस गाउँपालिकाले विकासमा काँचुली फेरेको छ। सिमचौर, केदार अखडा, कानाचौर, सातफरी, धिर्कामाणडौँ, गगुडा र चवराचौतारा गरि ७ वटा गाविस मिलेर बनेको बोगटान फुड्सिल गाउँपालिका अन्तरगतका गाउँ सम्म जान निकै कठिन बाटाहरु थिए, स्वास्थ्य क्षेत्रमा स्वास्थ्य चौकी र अस्पतालहरु थिएन, विद्यालयहरुको अवस्था निकै दयनीय थियो । खानेपानी तथा विजुली बत्तिको समेत सुविधा नभएको गाउँपालिकाले स्थानिय सरकार आए पश्चात ८ वर्षको अन्तरालमा विकासमा फड्को मारेको छ । वि.सं. २०७८ को जनगणनाको तथ्याङ्क अनुसार जसंख्या घटेपनि विकास क्रमले गति लिएको पाइएको छ।

८ वर्ष भित्र बोगटान फुड्सिल गाउँपालिका अन्तरगत २ सय १५ किलोमिटर बाटो निर्माण भएका छन् । वि.सं. २०७९ साल सम्म ९ वटा स्वास्थ्य संस्थाहरु थिए भने अहिले १७ वटा स्वास्थ्य संस्था तथा स्वास्थ्य इकाईहरु सञ्चालित छन् । शिक्षा तर्फ ३६ बटा विद्यालयका भवनहरु निर्माण भएका छन् । सुविधा सम्पन्न शौचालयहरु छन् । खानेपानीका योजनाहरु ६२ वटा सम्पन्न भएका छन् । सिचाईका नहरहरु संयौंको संख्यामा बनेका छन् । बन्दै गरेका पनि छन् ।

बोक्टान फुड्सिल गाउँपालिकाका एउटा घर पनि विजुलीबाट बञ्चिन नहोस् भन्ने उद्देश्यले विद्युत गाउँगाउँमा लैजाने ठेग्गा लागेको छ । १२/१३ सय घरधुरीका लागि हाईड्रोपावरको व्यवस्था गरिएको छ । केहि विग्रिएको अवस्थामा भए पनि मर्मतका कार्यहरु भैरहेका छन् । सोलारबाट पनि बत्ति निकाली गाउँगाउँसम्म विजुली पु¥याउने कार्य तिब्र रुपमा भईरहेको छ।

गाउँपालिका अध्यक्ष कमल बहादुर गडसिलाको दोस्रो कार्यावधि भएसँगै बाटोघाटो गाउँगाउँ सम्म पुगेको, वडा स्तर सम्ममा एम्बुलेन्सले स्वास्थ्य सुविधा दिईरहेको, केहि मात्रामा स्थानिय उत्पादन सुन्तला, आँप, अम्बा, कागटी, मास, भट्ट, अदुवा लगायतलाई बजारीकरणका लागि कैलालीको अत्तरिया, धनगढी, बौनियाँ, लम्की, टिकापुर सम्म पु¥याउन सकिरहेकोले स्थानियबासीहरु खुशी भएका बताउँछन् । बस्न, कृषि व्यवसाय गर्न पहिलेको भन्दा धेरै राम्रो भई सके पनि युवाहरु सवै तराई झरिसकेको कुराले दुखि भएको वृद्धा आमाबुवाहरु आफ्नो पिडा सुनाए । उनिहरुले भने “अव हामी वृद्धाहरु मात्र यहाँ हुने भयौं सरकारले हाम्रो लागि राम्रो व्यवस्था गरिदियोस् । हामी आफ्नो जन्मभुमि र कर्मभुमि छोडेर कतै जान चाहन्नौं ।”

शुद्ध खानेपानी र सिंचाईका लागि गाउँका खेतवारी सम्म पानी पु¥याउने, कृषिलाई व्यवसायिकरण गर्ने, यूवाहरुलाई स्वरोजगारको तालिम दिने, १५ शैंयाको अस्पताल निर्माण गरि स्वास्थ्स्य सेवा सञ्चालन गर्ने, कृषिमा क्षेति पु¥याउने जंगली जनावरको आतंकलाई न्यूनिकरणका लागि पहल र प्रयास समेत भई रहेको गा.पा. अध्यक्ष गड्सिलाले बताउनु भयो ।
