
बैशाख ५,
जोशीपुर जेसीजले नयाँ वर्ष २०८२ सालको भित्तेपात्रो विमोचन गरेको छ। प्रत्येक वर्ष झैं यस वर्ष पनि जोशीपुर जेसीजले भित्तेपात्रो प्रकाशित गरेको हो । वार्षिक कार्यक्रम अन्तरगतको कार्यक्रमलाई सर्थकता प्रदान गर्न वर्ष २०२५ का अध्यक्ष भुमि सागर सुनारले यस वर्ष पनि भित्तेपात्रो प्रकाशन गर्ने जमर्को गरेको बताउनु भयो । युवाहरुको व्यक्तित्व तथा नेतृत्व विकासका लागि निरन्तर सामाजिक कार्य गर्दै आएको जेसिजले स्थानिय सरकार, संघसंस्थाहरुले सहयोग गर्दै आएको पनि वहाँले बताउनु भयो ।

त्यसै गरि कार्यक्रमका प्रमुख अतिथि जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीले समाजिक कार्य गर्दै आएको जेसीजलाई पालिकाबाट हुन सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो भने कार्यक्रमका संयोजक रविना कुमारी चौधरीले भित्तपात्रो निर्माणमा शुभकामना, विज्ञापन, लोक कल्याणकारी विज्ञापन, जनहितमा जारी संदेश उपलब्ध गराई सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

त्यसै गरि जोशीपुर जेसीजका संस्थापक अध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि सन्तोष पौडेलले संस्थाको गौरव बढाउन सवै यूवाहरुको साथ सहयोगको आवश्यकता रहेको बताए ।
कार्यक्रमलाई संस्थाका महासचिव शुसिल चौधरीले सहजीकरण गरेका थिए भने स्वागत मन्तव्य कोषाध्यक्ष सन्तोष वि.क.ले गरेका थिए ।


