जोशीपुरको आधारभुत तहका नतिजा प्रकाशित/४ विद्यालयका विद्यार्थी सतप्रतिशत उत्तिर्ण

चैत्र २६,
कैलालीको जोशीपुर गाउँपालिकाले जोशीपुर पालिका अन्तरगतका आधारभुत तह उत्तिर्ण परिक्षा कक्षा ८ को नतिजा प्रकाशित गरेको छ । २३ वटा विद्यालय मध्य ४ वटा विद्यालयले सतप्रतिशत विद्यार्थी उतिर्ण गर्न सफल भएको छ ।

जसमा यूनिक फ्रेण्डसिप ई.बो.स्कुल, अनुग्रह पाठशाला, कैलाश ई.बो. स्कुल र बौनियाँ ब्राईट फ्यूचर ई.बो. स्कुल रहेका छन् । त्यसै गरि जोशीपुर हेभन गार्डेन ई.बो.स्कुलले ९६.८७ प्रतिशत, सिद्धार्थ ई.बो.स्कुल बौनियाँले ९३.३३ प्रतिशत र राष्ट्रिय आधारभुत विद्यालय सिमरी ९१.६६ प्रतिशत नतिजा ल्याउन सफल भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *