जोशीपुरको रामनगरमा आगलागी/गा.पा.ले दियो प्रारम्भिक राहत

चैत्र २४,
कैलाली जोशीपुर गाउँपालिका वडा नं. ३ रामनगर स्थित रामकृष्ण डगौराको घरमा आगलागी हुँदा घर सहित सम्पूर्ण सामान जलेर नष्ट भएको छ । लुगाकपडा देखि खाने अन्न समेत जलेर नष्ट भएको छ। स्थानिय सरकार जोशीपुर गा.पा. अध्यक्ष चित्र बहादुर चौधरी, गा.पा. उपाध्यक्ष रेखा देवी कठरिया, वडा अध्यक्ष रेणु कुमारी डंगौरा लगायत माननिय कैलाश चौधरी सहित पूर्व मन्त्री रञ्जिता श्रेष्ठ चौधरी सहितको टोली प्रारम्भिक राहत लिएर स्थलमै पुगेका थिए ।

पालिका, प्रदेश र संघको टोली आगलागी भएको स्थानमा प्रत्येक्ष अनुगमन गर्दै विडितलाई राहत वितरण गरेका हुन् । घर वाहेक अन्य सामग्री करिव १ लाख २५ हजार ८ सय बराबरको क्षेति भएको ईलाका प्रहरी कार्यालय जोशीपुरले जनाएको छ। घरमा विद्युत सर्टभई दिउँसो १ बजे आगो लागेको जनाइएको छ । पिडितलाई धैय धारण गर्न आग्रह गदै गा.पा. अध्यक्ष चित्र बहादुर चौधरीले पिडित परिवारलाई स्थानिय, प्रदेश र संघ सम्म सहयोगको लागि पहल र प्रयास गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *