
फागुन २४,
कैलालीको जोशीपुरमा विभिन्न प्रस्तुतीकरण सहित नारी दिवस भव्यताका साथ मनाइएको छ। अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा “सवै महिला बालिकाको लागि अधिकार समानता र सशक्तिकरण” नारा सहित जोशीपुर बजारमा ¥याली प्रदर्शन गरिएको थियो । विश्वका सवै महिला एक हौं, समान कामको समान ज्याला, महिला हिंसाको अन्त्य गरौं जस्ता नारा सहित जोशीपुरमा महिलाहरुले ¥याली प्रदर्शन गरेका थिए। नाटक, साँस्कृतिक झाँकी, देउडा नाच लगायतको प्रस्तुतीले ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसलाई भव्य बनाएको थियो ।

जोशीपुर गाउँपालिका ३ नं. वडा अध्यक्ष रेणु कुमारी डंगौराको सभाध्यक्षता तथा जोशीपर गाउँपालिका उपाध्यक्ष रेखा देवी कठरियाको प्रमुख आतिथ्यतामा मनाईएको महिला दिवसमा जोशीपुर गाउँपालिका क्षेत्र भित्रका विभिन्न महिला समूहले आ–आफ्नो प्रस्तुती राखेका थिए । महिला हिंसा न्यूनिकरणका लागि महिला स्वयम् नै शिक्षीत र व्यवसायिक हुन जरुरी रहेको महिला बक्ताहरुको भनाई रहेको थियो ।