
फागुन ७,
कैलालीको जोशीपुरमा प्रजातन्त्र दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। नेपाली कांग्रेसको भातृ संगठन ने.वि.संघ जोशीपुर गाउँ कमिटिको आयोजनामा भएको “प्रजातन्त्र रक्षाका लागि हाम्रो भूमिका” विषयक बक्तृत्व कला प्रतियोगिता ने.वि.संघ जोशीपुर गाउँकमिटी अध्यक्ष राहुल वुढाको सभाध्यक्षता, संविधान सभा सदस्य वुद्धिसागर चौधरीको प्रमुख आतिथ्यता तथा ने.का. महासमिति सदस्य एवं जोशीपुर गाउँपालिका निवर्तमान उपाध्यक्ष गिता देवी कठरियाको विशिष्ट आतिथ्यता, ने.वि.संघ केन्द्रिय सदस्य भक्त राज देवकोटा र जिल्ला कमिटी अध्यक्ष मनिष कुँवरको उपस्थितिमा सम्पन्न भएको छ ।

प्रतियोगितामा जोशीपुर गाउँपालिका भित्रका माध्यमिक तहबाट ८ विद्यालयको सहभागिता रहेको थियो । जसमा रघुनाथ आदर्श प्राविधि नमुना माध्यमिक विद्यालयका छात्र सुशिल भण्डारी प्रथम स्थान प्राप्त गरेका छन् भने जोशीपुर हेवन गार्डेनका छात्रा प्रिया चन्द दोस्रो स्थान र सरस्वती माध्यमिक विद्यालय फाँडियाका छात्र महेश परियार तृतिय स्थान प्राप्त गरि विजय हासिल गरेका छन् ।

प्रतियोगिताका निर्णायक संयोजकमा डिल्ली राज ओझा तथा सदस्यमा जयराज जोशी र सोनी देवी बम रहेका थिए ।
नेपालको प्रजातन्त्रलाई संरक्षण गर्न हरेक नेपालीको दायित्व रहेको प्रमुख अतिथि माननिय वुद्धिसागर चौधरीको भनाई रहेको थियो । लोकपृयतावादी सिद्धान्त बोकेका नयाँ उदाउँदै गरेका पार्टी र आफ्नो कुनै सिद्धान्त तथा विचार नभएका जो अरुलाई गालि गलौच गरि नेतृत्वमा स्थापित हुन खोजिरहेकाहरुले नेपालको लोकतन्त्रलाई धरापमा पारिरहेको पनि उनको बक्तित्व रहेको थियो । “जव सम्म नेपालमा बामपन्थी कम्युनिष्टको हावि हुदै गर्दछन् तव सम्म नेपालको आर्थिक विकास हुन सक्दैन । लोकपृयतावादी सिद्धान्त बोकेका स्टन्टवाजी गर्नेहरु र बामपन्थी कम्युनिष्टहरुबाट बच्न सके मात्र यो देशको उन्नती र प्रगति हुने छ ।” उनले भने ।
जोशीपुरका विद्यार्थीहरुले जुन बक्तित्वकला प्रस्तुत गरेका छन् । एक दमै महत्वपूर्ण र गहकिला छन् भन्ने कार्यक्रमका विशिष्ट अतिथि गिता कठरियाले बताउनु भयो । वहाँले मित्र राष्ट्र भारतमा अध्ययनको शिलसिलामा गएका नेपाली विद्यार्थीहरुले भोगिरहेका पिडा र भरखरै भारतको ओडिसा राज्य स्थित KIIT मा भएको घटनालाई समेतेर परराष्ट्रमत्री आरजु राणा देउवा यथासिघ्र पहलमा जोड दिनु पर्ने पनि उनले बताईन् ।

कार्यक्रममा ने.वि.संघ केन्द्रिय सदस्य भक्त राज देवकोटा, जिल्ला कमिटी अध्यक्ष मनिष कुँवर, शिक्षक विक्रम चौधरी, जोशीपुर जेसीजका संस्थापक अध्यक्ष सन्तोष पौडेल, पत्रकार सुधराम दहित लगायतकाले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमका सभाध्यक्ष राहुल बुढाले आफु भरखरै ने.वि.संघ जोशीपुर गाउँकमिटीको जिम्मेवारी पाए लगत्तै यो कार्यक्रमको आयोजना गरिएको र कार्यक्रमलाई सहयोग गर्ने सम्पूर्णलाई धन्यावाद ज्ञापन सहित आगामी दिनमा साथ सहयोगको अपेक्षा सहित कार्यक्रमलाई समापन गरेका थिए। कार्यक्रमलाई जयकुमारी डंगौराले शहजीकरण गरेकि थिईन् ।