
फागुन ४
घरेलु हिंसा, खुल्ला जाँडसक्सी बेचविखन तथा जुवाताँस नियन्त्रणका लागि कैलालीको जोशीपुरमा जनचेतना मूलक कार्यक्रम गरिएको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत महिला, यूवा संजाल जोशीपुर, गाउँसमाज, बजार व्यवस्थापन समिति जोशीपुर, विभिन्न विद्यालयको प्रतिनिधि, वडा अध्यक्ष तथा ईलाका प्रहरी जोशीपुरका प्रहरी वरिष्ठ नायव निरिक्षक गोपाल कार्की लगायतको उपस्थितिमा जोशीपुर १ बडहरियामा अवस्थीत सोमेश्वर मन्दिरको प्राङ्गणमा अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

बढ्दै गईरहेको घरेलु हिंसा, अनियन्त्रीत रुपमा खुल्ला जाँडरक्सी बेचविखन तथा जुवाताँसलाई न्यूनिकरण गर्नका लागि कार्यक्रम गरिएको प्रहरी वरिष्ठ नायब निरिक्षक गोपाल कार्कीले बताउनु भयो ।
डाँफे मुल समितिका अध्यक्ष रुपनी देवी डंगौराको सभाध्यक्षतामा भएको कार्यक्रममा १ नं. वडा अध्यक्ष रामचन्द्र चौधरीको संयोजकत्वमा टोल सुधार समिति गठन गरिएको छ ।
डाँफे मुल समितिको आयोजनामा भएको कार्यक्रमलाई बाल कल्याणसंघ टीकापुरले आर्थिक सहयोग गरेको थियो ।