जोशीपुरमा एक महिला मृत फेला

श्रावन १२,
कैलालीको जोशीपुर गाउँपालिका वडा नं. ३ मनिकापुरमा एक जना महिला मृत अवस्थामा फेला परेकी छिन् । अन्दाजी ४२ वर्ष कि हिरा देवी गडसिला नाम गरेको महिला आफ्नै घरमा विहान करिव १०ः३० बजे मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय भजनीले जनाएको छ । घटना संकास्पद रहेकोले मृतकको श्रीमानलाई सोधपुछका लागि भजनी ईलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ भने मृतकको पोष्टमाटमका लागि भजनी स्वास्थ्य चौकीमा लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *