
श्रावन ९,
कैलालीको जोशीपुर गाउँपालिका वडा नं. ६ सिमरी निवासी शिव प्रसाद कठरिया रानाका श्रीमति आशा देवि कठरिया रानाले जुम्लयाहा बच्चालाई २०८१ साल जेठ २ गते जन्म दिई आफु यो संसार छाडेर गएकि थिइन् । आमा विना ति दुई बालिकाको विचल्ली छ । उनिहरुलाई बुवा शिप प्रसाद कठरिया रानाले बोटलको दुध खुवाएर बच्चाहरुलाई बचाई रहेका छन् ।

नातागोता र छिमेकीहरुको सहयोगले नाबालिकाहरुलाई हेरचाह, कपडा सरसफाई र सामान्य परिवारका शिव प्रसाद कठरिया रानाले आफ्नो श्रीमतिको उपचारका लागि ऋण लिएर लाखौं खर्च गरेको समाचार विभिन्न सामाजिक संजाल तथा अनलाईन मिडियाबाट सम्प्रेषण भएपछि उच्च शिक्षाका लागि अमेरिका गएका जोशीपुर गाउँपालिका वडा नं. ३ लक्कडका अनिल कुमार कठरियाका छोरा नविन कठरियाले आफ्नो नास्ता खर्च बचाएर बालिकाहरुलाई सहयोग गरेका छन् । Weber State University USA मा Micro Biology अध्ययन गरिरहेका नविनले बालबालिकाहरुको दुधका लागि नगद रु. पाँच हजार तीन सय ३५ रुपैया सहयोग गरिदिनुहोला बुवा भनेर पैसा पठाई दिएका थिए । सो रकम उनका बुवा अनिल कुमार कठरियाले सानै रकम भएपनि शिव प्रसाद कठरिया रानालाई स्वीकार्न आग्रह गर्दै रकम हस्तान्तरण गरेका छन् । छोरा नविनले सानो सहयोग गरे जस्तै सवैले थोरै थोरै भएपनि सहयोग गरिदिनुस् भन्दै सरकारी तथा गैर सरकारी संघसंस्थाहरु समेत अनिल कुमार कठरियाले अपिल गर्नु भयो ।
बालबालिकाहरुलाई हुर्काउन बढाउन धेरै गार्हो भईरहेको शिव प्रसाद कठरिया रानाले बताउनु भयो । “समय नपुगेर अप्रेशनबाट जन्मिएका त्यो पनि जुम्ल्याहा बच्चाहरुलाई दुध खुवाएर मात्र स्याहार्नु पर्छ । काम गरेर खाने मान्छे अव बाहिर काम गर्न पनि जान मिल्नैन ।” वहाँले भन्नु भयो ।