जानकी गा.पा.उपाध्यक्ष कठरियाले ल्याईन ६८ करोड ५६ लाख बजेट

कैलालीको जानकी गाउँपालिकाको असार ५ गते बुधबार देखि सुरु भएको गाउँसभा विहिबार सम्पन्न भएको छ । आ.व. २०८१-०८२ का लागि कैलालीको जानकी गाउँपालिका उपाध्यक्ष एवं बजेट तथा कार्यक्रम तजुर्मा समिति संयोजक लालमति देवी कठरियाले ६८ करोड ५६ लाख १८ हजार बजेट ल्याएकि छिन् ।

जस मध्य चालु खर्च तर्फ ६१.४१ प्रतिशत बराबर रु ४२ करोड १० लाख ६० हजार रुपैया र पुँजी खर्च तर्फ ३८.५९ प्रतिशत बराबर रु. २६ करोड ४५ लाख ५७ हजार ९ सय ४० रुपैया हुने अनुमान गरेको उनले बनाईन् ।
उनले आ.व. २०८१/०८२ मा व्यय तर्फ आर्थिक विकास तर्फ २ करोड ९४ लाख ८४ हजार ३५ रुपैया, सामाजिक विकास तर्फ रु. ३३ करोड ७७ हजार, पूर्वाधार विकास तर्फ रु. १४ करोड ९४ लाख ३० हजार रुपैया, बन बातावरण तथा विपद् व्यवस्थापन क्षेत्र तर्फ १ करोड २ लाख ९९ हजार ४ सय ६५ रुपैया, संस्थागत विकास सेवा प्रवाह र सुशासन क्षेत्र तर्फ १ करोड ५७ लाख २३ हजार रुपैया र कार्यालय संचालन तथा प्रशासन खर्च तर्फ रु. १५ करोड ६ लाख ४ हजार रुपैया विनियोजित गरेकी छिन् ।

आ.व. २०८१-०८२ का लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्य आन्तरिक स्रोतबाट रु. ३ करोड २५ लाखको राजश्व परिचालन हुने, संघिय समानीकरण अनदान वापत रु. १३ करोड ८८ लाख, संघिय राजश्व वाँडफाँडबाट प्राप्त हुने आयबाट रु. १२ करोड ७९ लाख, संघिय शसर्त अनुदान तर्फ रु. ३१ करोड १३ लाख २५ हजार, संघिय समपुरक अनुदान वापत रु. १ करोड ३० लाख आय प्राप्त हुने अनुमान गरिएको उनले बताईन् । कार्यक्रम जानकी गाउँपालिका अध्यक्ष गणेश बहादुर चौधरीको सभाध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा गाउँसभाबाट निर्णपारित गर्नु पर्ने पालिकाको महत्वपूर्ण निर्णयहरु पालिका प्रमुख प्रशासकिय अधिकृतले सभामा प्रस्तुत गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *