थारु मेगास्टार संगत थारु सम्मानित

लामो समय देखि निरन्तर कला क्षेत्रमा लागि परेका थारु मेगास्टार संगत थारु सम्मानित भएका छन् । नेपाल सरकार सन्चार तथा सुचना प्रबिधी मन्त्रालय चलचित्र बिकाश बोर्डद्वारा धनगढीमा आयोजित राष्ट्रिय बालचलचित्र महोत्सव २०८१ मा उनी सम्मानित भएका हुन् । सन्चार तथा सुचना प्रबिधि मन्त्रालय मन्त्री रेखा शर्मा तथा चलचित्र बिकाश बोर्डका अध्यक्ष भुवन केसिको हातबाट उनी श्रष्टा सम्मानमा सम्मानित भएका हुन् ।

बि.श २०५९ साल देखि कला क्षेत्र मा अभिनयबाट आफ्नो यात्रा सुरु गरेका संगत थारु विभिन्न भाषाका चलचित्रहरु, टिभी सिरियल म्युजिक भिडियोहरुमा अभिनय गर्दै आइराखेका छन् । जाली सन्सार, बौछार, तागत, भुईचाल, करम, संघर्श जिन्दगी के, तिरिया के करम, डगर, मोर जङ्ग.तु मिलगिलो लागयतमा उनी अभिनय गरिसकेका छन् ।  नेपाली चलचित्रहरु मर्म, अठोत, मिस्टर डन रहेका छन् भने उनले अभिनय गरेका टिभी सिरियलहरुमा नेपाल टेलिभिजनबाट प्रसारित राना थारु भाषा को  ” जलगोन्डा” हाे । उनले विभिन्न राष्ट्रिय अवार्ड स्थानीय अवार्डहरुबाट पनि सम्मानित भैसकेका छन्  । विभिन्न संघ  सस्थाहरुबाट पनि सम्मानित भैसकेका थारु यसपाली भने नेपाल सरकार सन्चार तथा सुचना प्रबिधी मन्त्रालय चलचित्र बिकाश बोर्डबाट आयोजित राष्ट्रिय बालचलचित्र महोत्सव २०८१ मा पनि सम्मानित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *