विविध क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गर्ने १३ जनालाई सम्मान गर्दै जानकी गा.पा.को १४ औं गाउँसभा सुरु

जानकी गाउँपालिकाको १४ औ गाउँसभा शुरु भएको छ । सभामा आर्थिक वर्ष २०८१/८२ को निती तथा कार्यक्रम गाउँपालिका अध्यक्ष गणेश चौधरीले प्रस्तुत गर्नु भएको छ । गाउँपालिकाले गाउँसभामा क्षेत्रगत निती तथा कार्यक्रम अन्र्तगत सामाजिक विकास क्षेत्र तर्फ शैक्षिक गुणस्तर अभिवृद्धिका कार्यक्रमहरु संचालन गर्ने, आधा समय गाउँपालिकालाई, आधा समय बालबालिकालाई, एक विद्यालय एक नर्स कार्यक्रम, पढ्दै कमाउदै, एक वडा एक नमुना विद्यालय, अध्यक्ष छात्रवृत्ति कार्यक्रम, विद्यालय सँग अध्यक्ष अध्यक्ष कार्यक्रम, विद्यालय सौन्र्दर्यीकरण कार्यक्रम, हरित विद्यालय, एक वडा एक खेल मैदानको कार्यक्रम ल्याएको छ ।

स्वास्थ्यको लागि १५ शैया अस्पतालको लागि पहल गर्ने, पोषण कर्नर स्थापना, पोषण सम्बन्धि विभिन्न कार्यक्रम संचालन, सचतेनामुलक स्वास्थ्य विमा कार्यक्रम, प्रसुतीलाई निशुल्क एम्वुलेन्स सेवा, रक्तदान जिवन दानको कार्यक्रम निरन्तरता, रोजगारबारे सचेतनामुलक कार्यक्रम रहेका छन् भने बाल विवाह रोक्न नितीगत रुपमा काम गर्ने, अभिभावक विहिन बालबालिका प्रोत्साहन कार्यक्रम, जेष्ठ नागरिक सम्मान कार्यक्रम रहेको छ । जग्गा सम्बन्धि अधुरा कार्य पुरा गर्ने, खानेपानी र सरसफाईको क्षेत्रमा एने नियम र कार्यविधि बनाएर काम गर्ने भएको छ ।

आर्थिक विकास तर्फ कृषकलाई यान्त्रीकरणमा उत्प्रेरित गर्ने, आकस्मिक बाली सेवा, एकल, द्धण्द पिडित, एकल महिलाका लागि स्वरोजगारको कार्यक्रम, कृषि करेसाबारी कार्यक्रम, जैविक उत्पादनलाई प्रोत्साहन, हाम्रो जानकी उज्जालो जानकी, एक वडा सुपथ मुल्य सहकारी पसल, हरियाली प्रवद्र्धनका कार्यक्रम, जानकी पार्क निमार्ण प्रक्रिया, गाउँपालिकाको प्रशासनिक भवन निमार्ण, वडाका कार्यालयको भवन नरहेका वडाका भवनहरु निर्माण प्रक्रिया कार्यक्रम रहेको छ ।
सभामा पुर्ण डिजिटल जानकी गाउँपालिका, नवप्रवर्तन प्रोत्सान कार्यक्रम, बड्घर चिराकीको ऐन कार्यान्वन, राजश्व संकलनका लागि एपको प्रयोग, कला सँस्कृति, सम्पदा परम्परालाई प्रवद्र्धन र आर्थिक उपार्जन सँग जोड्ने , रैथाने खाना प्रवद्र्धन गर्ने, बक्लौवा होमस्टेलाई प्रवद्र्धन गर्ने, न्यायीक सम्पादनको कार्यक्रम प्रभावकारी बनाउन इजलास निमार्ण, र सामाजिक सुरक्षा भत्ता नविकरणको शिविर संचालन जस्ता कार्यक्रम ल्याएको छ ।
सभामा ल्याइएको निती तथा कार्यक्रम माथि वडा सदस्य चित्रा कुमारी कठरियाले संशोधन गर्न आग्रह गर्नु भयो । उहाँले अध्यक्ष छात्रवृत्ति कार्यक्रम नभई गाउँपालिका छात्रवृत्ति अनुदान कार्यक्रम ल्याउन आग्रह गर्नु भयो ।

वडा सदस्य विष्णा देवी सुनारले गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयको भवन अधुरा रहेकाले त्यस्ता विद्यालयको अधुरा भवन निमार्णको कार्यक्रम समावेश गर्न आग्रह गर्नु भयो ।
वडा सदस्य खगेन्द्र विकले कालोपत्रे सडक सँगै पक्की नाला निर्माणको अवधारण ल्याउनु पर्ने बताउनु भयो ।
सभाको शुन्य समयमा बोल्दै वडा सदस्य बलि राम चौधरीले गाउँपालिकाको वडा नं. १ दुगौैली देखि वडा नं. ७ सम्मको बाटो राम्रो बनाउनु पर्ने बताउनुभयो ।
वडा सदस्य राजा राम थारुले वडा स्तरिय अनुगनमा भत्ताको व्यवस्था हुनु पर्ने बताउनु भयो ।
सभामा विधायन सभाका संयोजक तथा वडा नं. १ का वडा अध्यक्ष सुरेश कुमार चौधरीले जानकी गाउँपालिकामा सार्वजनिक सवारी तथा यातायात व्यवस्था ए्ेन २०८१ र साझेदारीमा कार्यक्रम संचालन तथा व्यवस्थापन गर्न बनेको विधेयक २०८१ प्रस्तुत गर्नु भएको थियो ।
गाउँसभामा ल्याएको निती तथा कार्यक्रम र विधेयक सर्वसम्मत रुपमा पास भएको छ भने सभाको अर्को बैठक भोली दिउँसो १ बजे बस्ने गरि स्थगित भएको छ ।

यस्तै गाउँ सभामा आर्थिक वर्ष २०८०/८१ मा राम्रो कार्य सम्पादन गरेको भन्दै उत्कृष्ट कर्मचारी देखि किसान सम्मलाई सम्मान गरेको छ । सभामा उत्कृष्ट कर्मचारीको रुपमा आर्थिक प्रशासनिक लेखा अधिकृत दिनेश माझी, स्वास्थ्य तर्फ जनस्वास्थ्य निरक्षक विष्णु थापा, सवइन्जिनियर लेखनाथ उपाध्याय, श्रेणी विहिन कर्मचारी चित्र बहादुर चौधरी,इलेक्ट्रिसियन रमेश चौधरी, शिक्षा तर्फ राष्ट्रिय आधारभुत विद्यालयका प्रधानाध्यापक खेत बहादुर चौधरी, पशुपालन तर्फ अमरावती बाख्रा र्फमका रेजिना चन्द, कृषक तर्फ प्रेम लाल कृषि र्फमका प्रेम लाल चौधरी, सहकारी तर्फ आधुनिक बहुमुखी कृषि सहकारीका व्यवस्थापक इन्दा कुमारी डाँगी, निमार्ण व्यवसायीमा जय भवानी कन्ट्रक्सनका निराजन शाह, उत्कृष्ट महिला स्वास्थ्य स्वयम् सेविकामा सुशिला चौधरी, बड्घर महिलामा बसन्ती चौधरी, उत्कृष्ट मेलमिलाप कर्ताको रुपमा भद्रविर चौधरीलाई नगद, दोसल्ला र सम्मान पत्रले सम्मान गरेको छ । गाउँपालिका अध्यक्ष गणेश चौधरीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा उपाध्यक्ष लालमति कठरिया, वडा नं. ९ का वडा अध्यक्ष खकेन्द्र भण्डारी, सम्मानित व्यक्ति इन्दा कुमारी डाँडी र विष्णु थापाले मन्तव्य राख्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *