
कैलालीको जानकी गाउँपालिकाले सामाजिक सञ्जाल तथा अनलाईनरुपमा गरिएको पोष्ट र त्यसमा गा.पा.को वारेमा गरिएका टिका–टिप्पणी प्रति जानकी गा.पा.को गम्भिर ध्यानाकर्षण भएको भन्दै गा.पा.ले पत्रकार सम्मेलन गरि प्रेस विज्ञप्ति जारी गरेको छ ।

विशेष गरि जानकी गा.पा.ले खाना तथा खाजा लगायतमा ५३ लाख खर्च गर्यो भन्ने विषयलाई लिएर नियोजित तथा श्रृंखलावद्ध रुपमा प्रकाशित समाचार र सामाजिक सञ्जालमा गरिएको पोष्टमा कुनै सत्यता नरहेको र वास्तविकता के हो त ? यस विषयमा प्रष्ट पार्न पत्रकार सम्मेलन गरिएको गा.पा. अध्यक्ष गणेश चौधरीले बताउनु भयो । यसले जानकी गाउँपालिकावासीबाट प्राप्त सदुभाव, स्नेह र सहयोगलाई धमिलो पार्ने कुचेष्टाका साथ अनर्गल प्रचार प्रति खेद प्रकट गर्दै वहाँले कुप्रचारको विश्वास नगर्न सम्पूर्ण गाउँपालिका वासीमा अनुरोध गर्नु भएको छ।

लेखापरिक्षणका क्रममा सुधार गर्नु पर्ने विषयमा सझाव दिनु र सुझावका आधारमा कार्यालयले सम्परिक्षण गरेर काम गर्नु नियमित प्रक्रिया रहेको भन्दै सम्बन्धित कागजात गम्भीरता पुर्वक अध्ययन गरेर मात्र आफ्नो धारण बनाउन साथै हल्ला टिप्पणी गर्दै विद्युतीय अपराध ऐन र प्रेस काउन्सिल ऐन वर्खिलाप हुने गरी भ्रमपूर्ण सामाचार सम्प्रेषण नगर्न नगराउन साथै पत्रकारिताको सिद्धान्त र मर्यादालाई कायम राख्न समेत वहाँले अनुरोध गर्नु भएको भयो ।