कलाकार विर चौधरीले गरे जन्मोत्सवमा सहारा घरलाई खाद्यन्न दान

जेठ ५,
बहुचर्चित कलाकार विर चौधरीले आफ्नो जन्म दिनको अवसरमा सहाराघरलाई खाद्यन्न तथा पाठ्य सामग्री दान गरेका छन् । कैलालीको वर्दगोरिया गाउँपालिकामा अवस्थित असाहयका लागि सहयोगी हातहरु नेपाल सहारा घरलाई उनले खाद्यन्न तथा पाठ्य सामग्री दान गरेका हुन् ।

उनले बुवा डम्मर चौधरी र आमा फुलरानी चौधरी श्रीमति मिरा चौधरी, छोरा लविज चौधरी लगायत कलाकारहरुको उपस्थितिमा खाद्यन्न तथा पाठ्य सामग्री दान गर्दै जन्मोत्सव मनाएका छन् ।
मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो । भन्ने मुल नारा रहेको सहारा घरमा जस्को कोहि छैन उनिहरु वस्ने गर्दछन् ।

असाहय बालबालिका तथा मानसिक रुपमा असक्त दिनदुखिहरु यहाँ बस्ने गर्दछन् । जस्तोसुवै अवस्थामा मानिसहरुले मानिसको सेवा गर्नु पर्छ भन्ने महान विचार रहेका वल बहादुर विष्टले संचालन गर्दै आएको सहारा घरलाई अलिकति भएपनि हामी सवैले सहयोग गर्नु पर्छ भन्ने सोच राखेर आफ्नो जन्न दिनमा सेवा गर्ने मौका पाएकोमा कलाकार विर चौधरी खुशी व्यक्त गर्नु भएको थियो ।

त्यसै गरि जसको कोही छैन उनिहरुलाई आज आफ्नो हातले खाना खुवाउने अवसर पाएकोमा खुशी व्यक्त गर्दै साहारा घरलाई सवैले सहायो गर्नु पर्छ । यो संस्था संचालनमा सवैको आशिष लागोस्, भगवानको सधैं भरि कृया रहिरहोस् भन्ने कलाकार विर चौधरीका वुवा डम्मर चौधरीले आफ्नो विचार ब्यक्त गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *