
जेठ २,
कैलालीको जोशीपुर गाउँपालिका वडा नं. ३ स्थित दुई विद्यालयमा विद्यार्थीहरुलाई पोसाक र पाठ्य सामग्री वितरण गरिएको छ। श्री सरस्वती माध्यमिक विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष स्व. शंकर प्रसाद डंगौराको स्मरणमा उनका नाती लायन्स क्लव लम्कीका अध्यक्ष विर बहादुर चौधरीले पोसाक एवं पाठ्य सामग्री वितरण गर्नु भएको हो ।

चौधरीले सरस्वती माध्यमिक विद्यालयमा नयाँ भर्ना भएका विपन्न, गरिव तथा जेहन्दार ६८ जना विद्यार्थीहरुलाई स्कुल पोसाक वितरण गर्नु भएको थियो भने श्री जनजागृति आधारभुत विद्यालय जोशीपुर ३ वन्जरियाका ७० जना विद्यार्थीहरुलाई पाठ्य सामग्री तथा विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गर्नु भएको थियो । गरिव, विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको शिक्षामा हौसला प्रदान गर्न बाजे शंकर प्रसाद डंगौराको सम्झनामा सो सामग्री वितरण गरेको चौधरीले बताए ।

लायन्स क्लव लम्कीको आयोजनामा भएको School Uniform & Stationary Distribution Program लाई सम्बोधन गर्दै जोशीपुर गाउँपालिका अध्यक्षले यस सरस्वती मा.वि.मा वढि राजनिति भईरहेको बताए । उनले भने स्कुलमा राजनिति भन्दा विद्यालय सुधार तथा गुणस्तरीय शिक्षा तर्फ शिक्षक अभिभावकहरुको ध्यान जान आवश्यक छ । “वाढी प्रभावित क्षेत्रमा रहेको यो विद्यालयको पर्खाल भत्कीएको छ र त्यसलाई आउने आर्थीक वर्षमा निर्माण गर्ने प्रतिवद्धता पनि वहाँले व्यक्त गर्नु भयो ।

त्यसै गरि लायन्स क्लव लम्कीले लम्कीमा निःशुल्क स्वाथ्य परिक्षण, व्लड डोनेशन लगायत विभिन्न सामाजिक कार्य गर्दै आएको छ । विर बहादुर चौधरीको कार्यले यहाँका जनमानसमा सेवा गर्ने उत्साह, प्रेरणा मिलोस् । समाजमा रहेका अति विपन्न, गरिव, असहायहरुलाई पनि निस्वार्थ रुपले सेवा गर्नु पर्छ भन्ने उत्प्रेरणा जागोस् भन्ने कार्यक्रमका विशिष्ट अतिसिथ लायन्स क्लबका दिपक तिमिल्सीनाको भनाई रहेको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष स्व. शंकर प्रसाद डंगौराको छोरा राम प्रसाद चौधरीलाई समेत दोसल्लाले सम्मान गरिएको थियो ।




