
विद्युत सटसर्किटबाट आगलागी/कुखुरा फर्म पूर्ण रुपमा जलेर नष्ट/
कैलालीको जोशीपुर बजारमा फेरी आगलागी भएको छ। मेन लाईनको विद्युत सटसर्किटबाट आगलागी भई नन्दन बोहराको कुखुरा फर्म पूर्ण रुपमा जलेर नष्ट भएको छ। आगलागीबाट व्यावसायी नन्दन बोहराको ४ क्यीन्टल बन्दा वढि बोइलर कुखुरा, दाना र तौल नाप्ने मेसिन जलेर नष्ट भई अन्दाजी २ लाख बराबरको क्षेति भएको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरिक्षक मिन बहादुर साउँदले जानकारी दिनुभएको छ। स्थानीय र प्रहरी प्रशासनको सहयोगले आगे नियन्त्रणमा लिईएको पनि वहाँले जनाउनु भयो ।

