परम्परागत पहिरनमा देखिए प्रसिद्ध विद्या निकेतनका विद्यार्थी

बैशाख २१,
कैलालीको जोशीपुरमा पनि परम्परागत पहिरनमा विद्यार्थीहरु विद्यालय जान थालेका छन् । जोशीपुर बजारमा रहेको प्रसिद्ध विद्या निकेतनमा विद्यार्थीहरुले आफ्नो परम्परागत पोसाकमा विद्यालय जान पाउँदा धेरै उत्साहित भएका छन् । विद्यार्थीहरुको मुहारमा अलग्गै खुशि छाएको छ । विद्यालयमा यस्तो किसिमको बातावरणमा पढ्ना पाउँदा विद्यार्थीहरु निकै हर्षित देखिन्छन् । विद्यालयको अतिरिक्त कार्यक्रम अन्तरगत शुक्रबार विद्यालयमा विद्यार्थीहरु आ–आफ्नो परम्परागत पहिरनमा आउने बातावरण विद्यालयले मिलाएको छ।

“प्रसिद्ध बिद्या निकेतन जोशीपुरले बिगत देखिनै संस्कार युक्त ब्यबहारिक शिक्षा दिदै आएको छ । हामी शैक्षिक गुणस्तर अनि ब्यबहारिक शिक्षाका लागि संकल्प गर्दछांै ।” भन्ने मूल मन्त्र रहेको विद्यालयका फाउण्डर सिद्धराज जोशीले बताउनु भयो ।
“कुरा काट्नेले हामिलाई थप पाठ सिकाएका छन् । बिस्वास गर्नु भएका अभिभावक ज्युहरुले हामी माथी जिम्मेवारी थप्नु भएको छ । हामी कर्ममा बिस्वास गर्दछांै । अभिभावक ज्युहरुले दिएको बिस्वास कदापी खेर जान दिने छैनौं । अरु भन्दा फरक शिक्षा दिनु नै अभिभावकको हामी माथिको बिश्वास हो । जोशिपुरमा गुणस्तरीय शिक्षाको नमुना बिद्यालय बनाउने हाम्रो उदेश्य हो ।” वहाँले भन्नु भयो ।

साथ सहयोगका लागि यस क्षेत्रका अभिभावक, बुद्धिजीवी, व्यापारी, राजनिती दल, कृषक, तथा शुभचिन्तक महानुभावहरुलाई आफ्ना नानीबाबुहरुलाई यस विद्यालयमा भर्ना गर्न समेत फाउण्डर जोशीले आग्रह गर्नु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *