बोल्न तथा सुन्न नसक्ने बालबालिकाहरुलाई निशुल्क शिक्षा दिंदै जनप्रकाश मा.वि.

कैलालीको जोशीपुर गाउँपालिका वडा नं.२ मुद्धिमा अवस्थित जनप्रकाश माध्यमिक विद्यालयमा बोल्न तथा सुन्न नसक्ने बालबालिकाहरुका निशुल्क भर्ना खुलेको छ । त्यस्तो प्रकृतिको बालबालिकाको उचित शिक्षाको लागि निःशुल्क सांकेतिक भाषामा गुणस्तरीय शिक्षाको व्यवस्था, निःशुल्क खाना तथा आवासको व्यवस्था, निःशुल्क विद्यालय पोसाकको व्यवस्था भएको, निःशुल्क पाठ्यक्रम र शैक्षिक सामग्रीको व्यवस्था, अनुभवि विशेष शिक्षकहरुद्धारा शिक्षणको व्यवस्था, कम्प्युटर लगायत प्रविधिमैत्री शिक्षणको व्यवस्था, स्मार्ट बोर्ड र स्मार्ट टि.भि.द्धारा कक्षा सञ्चालन, २४ घण्टा खानेपानी र विजुलीको व्यवस्था, घेरवार सहितको सुन्दर शान्त, सुरक्षित र पारिवारिक बातावरण भएको, छात्रवृत्तिको व्यवस्था जस्ता विशेष्ता समेत रहेको विद्यालयका प्रधानाध्यापक सुरेश थारुले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *