वास प्लान तयार गर्न वडा स्तरीय कार्यशाला गोष्ठी

चैत १५,
कैलालीको जोशीपुर गाउपालिका वडा नं. १ मा वास प्लान तयार गर्न वडा स्तरीय कार्यशाला गोष्ठी गरिएको छ । वाड स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता योजना (WASH PLAN) तयार गर्न वाड स्तरीय तथ्याङ्क सार्वजनिकीकरण तथा प्रमाणिकरण योजना सम्बन्धि १ दिने कार्यशाला गोष्ठी भएको हो । नेपाल सरकार खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना जोशीपुर आयोजना कार्यान्वयन ईकाईको आयोजनामा गोष्ठी सम्पन्न भएको थियो ।

वडामा रहेका/भएका खानेपानी योजनाको तथ्याङ्क विश्लेषण तथा प्रमाणिकरण गर्न, वडामा रहेका/भएका विद्यालयको तथ्याङ्क विश्लेषण तथा प्रमाणिकरण गर्न, वडामा रहेका/भएका स्वास्थ्य संस्थाको तथ्याङ्क विश्लेषण तथा प्रमाणिकरण गर्न, वडामा रहेका/भएका शौचालयको तथ्याङ्क विश्लेषण तथा प्रमाणिकरण गर्न, वडामा रहेका/भएका ठोस फोहर पदार्थको तथ्याङ्क विश्लेषण तथा यस्को व्यवस्थापनको अवस्था पहिचान तथा प्रमाणिकरण गर्न, वडामा रहेका/भएका दिसा जन्य पदार्थको तथ्याङ्क विश्लेषण र यस्को व्यवस्थापनको अवस्था पहिचान तथा प्रमाणीकरण गर्ने उद्देश्य रहेको संस्थागत विज्ञ पदमम कट्टेलले बताउनु भयो । सरोकारवाला, भलमन्साहरु, जोशीपुर बजार व्यवस्थापन समिति लगायतको उपस्थितिमा गोष्ठी सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *