
चैत्र १६,
कैलालीको जोशीपुरमा जोशीपुर यूवा सञ्जालले किशोर किशोरी र यूवा लक्षित रणनितिक योजना निर्माण सम्बन्धि २ दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

गाष्ठीमा यूवा स्वरोजगार कसरी बनाउन सकिन्छ ?, यूवालाई शिक्षित कसरी बनाउन सकिन्छ ?, समाजलाई कुलत मुक्त कसरी बनाउन सकिन्छ ?, यूवाहरुमा नेतृत्व विकास कसरी गर्न सकिन्छ ?, स्वच्छ एवं स्वस्थ समाज निर्माण गर्न के गर्न आवश्यक छ ?, विपद जोखिम न्यूनिकरणका लागि के–कस्ता रणनितिक योजना आवश्यक छ? जस्ता विषयमा विस्तृत छलफल गरि योजना निर्माण तथा कार्यान्वयनको विषयमा रणनिति पहिलो चरणको ड्राफ्ट तयार गरिएको छ ।

यूवा सञ्जालका अध्यक्ष सन्तोष वि.क. को अध्यक्षतामा भएको गोष्ठीमा बाल कल्याण संघ टीकापुरका प्रोग्राम कोर्डिनेटर रामलाल चौधरी प्रमुख सहजकर्ताको रुपमा रहनु भएको थियो । यूवा सञ्जाल तथा जोशीपुर जेसीजका पदाधिकारी, पूर्व अध्यक्षहरुको उपस्थितिमा गोष्ठीमा छलफल गरिएको थियो ।