
कैलालीको जोशीपुर गा.पा. अन्तरगतका विद्यार्र्थीहरुलाई निशुल्क कोचिङ्ग दिइएको छ । पूज्य हजुरबुवा तथा पूजनीय हजुरआमाको स्मृतिमा नवजात शिशु तथा वरिष्ठ बालरोग विषेशज्ञ डाक्टर प्रदिप मिश्रको आर्थिक सहयोगमा सिमरी युवा क्लबको आयोजनामा SEE दिने विद्यार्थीहरूलाई निःशुल्क अंग्रेजी र गणित विषयको १ महिनाको कोचिङ्ग कक्षा शनिवार सम्पन्न भएको छ । श्री राष्ट्रिय आधारभूत विद्यालय सिमरीमा सञ्चालन भएको निःशुल्क कोचिङ्ग कक्षामा श्री राष्ट्रिय मा. वि. लोखरी तथा श्री जनप्रकाश उ.मा.वि मुद्धी, कैलालीका ३५ भन्दा बढी विद्यार्थीले सेवा लिएका थिए। सिमरी युवा क्लबका अध्यक्ष कमलेश कुमार कठरियाको सभाध्यक्षता तथा डाक्टर प्रदिप मिश्र प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।