
कैलालीको जोशीपुरमा जोशीपुर गाउँपालिका स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । खेलकुद समितिका अध्यक्ष मिलन हमालको सभाध्यक्षता तथा जोशीपुर गाउँपालिका ४ नं. वडा अध्यक्ष (प्रबक्ता)को प्रमुख अतिथ्यतामा खेलकुद समुद्घाटन भएको छ। स्वस्थका लागि खेलकुद राष्ट्रका लागि खेलकुदलाई पालिका स्तरबाट उत्कृष्ट खेलाडी छनौटमा यो खेलकुदले महत्वपूर्ण सहयोग पुग्ने प्रमुख अतिथि चौधरीले बताउनु भयो । खेलमा फुटवल, भलिवल, क्रिकेट र व्यडमिन्टन प्रतियोगिता हुने आयोजकले जनाएको छ। खेलकुदलाई शौहार्दपूर्ण वातावरणमा विवाद रहित तथा अनुशासन पुर्वक खेल्न बक्ताहरुको अनुरोध रहेको थियो ।