
वि.स.२०८० सालको एस.इ.ई. तयारीमा बसेका सम्पूर्ण विद्यार्थीहरुलाई परीक्षाको अग्रिम शुभकामना व्यक्त गर्दछु । हामी एस.इ.ई. को पूर्व सन्ध्यामा छौ । लगभग हामीसगं एक महिना (२५ दिन) बाकी छ । परीक्षाको बारेमा सोचेर विद्यार्थीमा डर, त्रास, चिन्ता वा भनौ एक प्रकारको नयाू उमङ्ग आउनु स्वाभाविक नै हो र आउनु पनि पर्छ । किन भने यसले विद्यार्थीलाई सजक, सचेत एवम् पढाई प्रति जिम्मेवार बनाई तयारीमा सहयोग गर्छ । त्यसैले अहिलेको समयमा चिन्तन राम्रो कुरा हो, तर परीक्षाको चिन्ता नै नलिनु वा चिन्तन नै नगर्नु भनेको विद्यार्थीको लागी नराम्रो पक्ष नै हो । हामीले फलामको ढोका भनेर आएको एस.एल.सी. आज एस.इ.ई.भएको छ । जे भए पनि, जसो भए पनि एस.इ.ई. सफल हुनु भनेको चौराहा (प्रतिक्षालय) सम्म पुग्नु हो या भनौ एस.इ.ई. भनेको विद्यार्थीलाई बसपार्कसम्म लैजाने बाटो हो । यहूँबाट विद्यार्थीको लागि चारैतिरको बाटो खुल्ला हुन्छ । तसर्थ स्कुले जीवन र नयाू जीवन बीचको सुन्दर पुल हो, एस.इ.ई. परीक्षा एस.इ.ई. पछि उच्च शिक्षाको लागि योग्य भई अप्राविधिक धार तिर वाणिज्य शास्त्र, विद्धान शास्त्र, शिक्षा शास्त्र, मानविकि शास्त्र लगायत अप्राविधिक तिर विभिन्न टेक्निकल विषय अध्धयन गर्न सक्छ । त्यस पछि विद्यार्थीले आफ्नो क्षमताको भरपुर प्रयोग गरी आफूले चाहेको सुन्दर भविष्य निर्माण गर्छ, या भनौ आफ्नो लक्ष्यतिर बढ्छ । यसरी समाज एवम् देशको लागी एक सफल, योग्य, दक्ष जनशक्ति तयार हुन्छ, तर एस.इ.ई.मा असफल विद्यार्थी भविष्यमा असफल, अयोग्य, असक्षम हुन्छ, भने पक्कै भन्न खोजेको होइन । यहि कुरालाई मध्य नजर गरेर एस.इ.ई.को राम्रो तयारी कसरी गर्न सकिन्छ भनेर केही टिप्स् लिएर आएको छु ।

१) सफलताको तिन सुत्रः
क) कडा मिहिनेत एवम् निरन्तर मिहिनेत गर्नुहोस् । कडा परिश्रम बिना केही प्राप्त हुदैन । अझै एक महिना छ, घुडा टेकेर लाग्नुस् किनकी मिहिनेतको फल धेरै मिठो हुन्छ ।
ख) आइडिया प्रयोग गर्नुहोस् । कडा मिहिनेत आवश्यक त छ नै तर त्यही कामलाई विभिन्न तरिका प्रयोग गरी सजिलै समाधान गर्न सकिन्छ । त्यससैले बुद्धिको प्रयोग गर्नुस् । एस.इ.ई.लाई जति अप्ठ्यारो मन्दैहुनुहुन्छ । मान्नु एस.इ.ई. परीक्षा त्यो भन्दा सजिलो छ ।
ग) समयको उचित व्यवस्थायन गर्नुहोस् : तपाईले वर्ष भरि आर्जन गरेका कुरा ३ घण्टामा प्रस्तुत् गर्नुपर्ने छ । परीक्षामा एउटै प्रश्नमा टोलाउने, हराउने, एउटै प्रश्नलाई धेरै समय दिने, समय अपुग हुने वा निर्धारित समय भन्दा अगाडि नै उत्तरलेखि सक्ने जस्ता समस्याबाट बच्न, यसरी समयलाई विभाजन गर्नुहोस् ।
२) सकरात्मक बन्नुहोस् : परीक्षाको समयमा धेरै पोजिटिभ हुनु पर्छ । परीक्षालाई सहजरुपमा लिनुहोस् । मोटिभेसनल भिडियो हेर्ने एवम् सकरात्मक उर्जा दिने पुस्तक पढ्नु पर्छ ।
३) ग्रुप डिस्कसन् गर्नूहोस्: परीक्षको अन्तिम घडिमा तयारीलाई पूर्णता दिन ग्रुप डिस्कसन् धेरै महत्वपूर्ण छ । सकिन्छ भने हप्तामा दुई पटक ग्रुप डिस्कसन् गर्नुहोस् । यसले तपाईको कमजोरी सुधार्न र अर्काको कमजोरी सच्याउन सहयोग गर्छ ।
४) आकर्षक हेण्डराइटिङ्ग बनाउनुस्: राम्रो र आकर्षक हस्तलेखनले उत्तर पुस्तिकालाई सुन्दर र सन्तुलित बनाउछ, तर हस्तलेखन सुधार्न नसकेमा, उत्तर पुस्तिका सन्तुलित बनाउनुस्, हेण्डराइटिङ्ग कै कारण नम्बर काट्दैन ।
५) आफ्नो मूल्याङ्कन आफै गर्नुहोस् : अरुले भन्दा पनि आफ्नो मूल्याङ्कन आफै गर्नुहोस्, यसले तपाईमा आत्मवल र उर्जा दिन्छ । १० सेट, प्राक्टिस बुकको सहयोगले हप्तामा दुई पटक सेल्फ टेस्ट गर्नु । यसले तपाईको तयारीको अवस्था बताउछ ।
६) प्रविधिको उचित प्रयोग गर्नुस् : यदि मोबाइल फोनको सदुपयोग गर्न सके तयारीमा सहयोग गर्छ भने, दुरुपयोगले दिमाग भत्काउछ । सकेसम्म आवश्यक परेको बेला मात्र प्रयोग गर्ने ।
७) विपरीत लिङ्गप्रति जवाफ देही बन्नुस्: केटी साथी र केटा साथी बीचको सम्बन्ध सन्तुलित हुनुपर्छ । आजको समयमा गर्ल फ्रेन्ड र बोइफ्रेण्डको चक्करमा भविष्य बरबाद गरेका धेरै विद्यार्थी छन् । त्यसैले दुरी सन्तुलित बनाउनुहोस् ।
८) सन्तुलित भोजन प्रयोग गर्नुहोस् : सन्तुलित भोजनले शरीरमा शक्ति र उर्जा दिन्छ, जसले तयारीमा महत्व भुमिका खेल्छ ।
९) रातमा ८ वा ९ घण्टा मस्ट पूरा निन्द्रा लिनुहोस् ।
अतः अन्तिम समयमा गरिएको तयारी शतप्रतिशत परीक्षाको लागि फलदायी हुन्छ । विद्यार्थीले सोच्नुस् यो एउटा युद्ध हो र युद्ध जित्नु पर्छ । किनकी युद्धमा जित्ने कै बयान हुन्छ । हार्नेको कुरा, कसैले गर्दैन । यो २५ दिनमा आफूभित्र बाच्ने प्रयास गर्नुस् । धेरै सोसियल नहुनुस् । यसले तपाईको कन्सनट्रेसन पावर वृद्धि गर्छ । अन्तिममा परीक्षा सफल होस् भनी शुभकामना दिन चाहन्छु ।
