…सरर होली… कठरिया थारु होली गीत सार्वजनिक

……सरर होली हे …… भन्ने कठरिया थारु होली गीत सार्वजनिक भएको छ । कठरिया थारु समुदायको संस्कृति बोकेको होली गीत मल्टीफ्रेम यु ट्युव च्यानलबाट सार्वजनिक गरिएको छ। कैलालीको पहल्मानपुरमा छायांकन भएको यो गीतमा कठरिया थारु समुदायमा नाच्ने होली नाचको झलक हेर्र्न सकिन्छ । गायक मनोज महतो र गायिका समिक्षा चौधरीको सुमधुर स्वर रहेको यो गीतमा नायक तथा मोडेल वीर चौधरी र नवदित कलाकार अन्नु कठरियाको अभिनय हेर्न सकिन्छ ।

एक युवा जोडीको प्रेमलाई गीतमा प्रस्तुत गरिएको छ। जुन गीतमा सुधराम दहितले निर्देशन गरेका छन् । वरिष्ठ एरेन्जर गणेश चौधरीको एरेन्ज रहेको यो गितमा शब्दका जादुगर सुवेश कठरियाको शब्द संगीत रहेको छ। निर्माता लल्लन कठरिया र मोनिका कठरियाको लगानीमा बनेको यो गीतलाई कठरिया समाज नेपालले भरपुर सहयोग गरेको लल्लन कठरियाको भनाई रहेको छ । कठरिया संस्कृतिलाई संरक्षण तथा प्रवद्र्धनमा आफु पुर्ण रुपमा सहयोग गर्ने छिमेकी देश भारत निवासी लल्लन कठरियाले बताए । गीतमा क्यामरामेन सुमित चौधरी, ईडिटमा सरद सिंह र प्रोडक्सन मेनेजरमा सोम चौधरी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *