
कार्तिक २६,
कैलालीको जोशीपुर गाउँपालिका वडा नं. ६ लोखरी गाउँमा दिया देवारी वृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। वडा अध्यक्ष भोजराज डंगौराको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य माननिय नारायण दत्त मिश्र रहनुभएको थियो । कार्यक्रकलाई सम्बोधन गर्दै वहाँले यस क्षेत्रको विकासका लागि अहोरात्र खटिएको बताउनु भयो । सुखड देखि भजनी, बौनियाँ देखि भजनी, भजनी देखि टिकापुर लगायतका सडक रिङरोड बनाउने आफ्नो सानै देखिको सपना रहेको बताउनु भयो । त्यो सपना केहि पुरा भएको र अझै धेरै सपनाहरु अधुरै रहेको पनि वहाँले बताउनु भयो । सुखड देखि लोखरी हुँदै जोशीपुर र जोशीपुरबाट टिकापुर जोड्ने सडकको अवधारणामा आफु हिडिरहेको समेत वहाँले जानकारी दिनुभयो ।

“यस क्षेत्रको पहिचान थारु संस्कृतिले दिएको छ । थारु संस्कृति जोगाई राख्न जरुरी छ । यसका लागि थारु संग्रहालय बनाउन आवश्यक छ । लोखरीमा थारु संग्रहालय बनाउन सके सुखडबाट लोखरी जोशीपुर हुुँदै टिकापुर जाने पर्यटकहरुका लागि बास विसाउने ठाउँ लोखरीमा बनाउने अवधारणा छ । थारु संग्रहालय बनाएर यस क्षेत्रका थारुहरुको पहिचानका लागि थारु गरगहना, लेहेंगा परिया, विभिन्न समयमा नाच्ने गाउने गित, थारु समुदायले प्रयोग गर्ने परम्परागत सामग्री सहितको संग्रहालय बनाउने लक्ष्य छ । ताकि सुखडबाट लोखरी जोशीपुर हुदै टिकापुर जाने पर्यटकहरु एक पटक थारु संग्रहालयमा पसेर यहाँको थारुसंस्कृतिमा रमाएर जाउन् ।” वहाँले भन्नु भयो ।

कार्यक्रममा थारु साँस्कृतिक नाच गान प्रस्तुत गरिएको थियो । कार्यक्रममा थारु महालोक गायक मनिराम चौधरी, थारु लोक तथा आधुनिक गायक खुशी रत्गैंया, मोडेल रितु, पृतु, रेणु, गायिका संगीता चौधरी लगायतका कलाकारहरुको वेजोड प्रस्तुति रहेको थियो ।
