
कार्तिक २४,
कैलालीको जोशीपुर गाउँपालिका वडा नं. ४ मा अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान स्वरुप ब्ल्याङकेट र थरमस वितरण भएको छ।

अपाङ्गता भएका व्यक्ति जोसँग ग र घ वर्गको कार्ड छ उनिहरु सरकारबाट कुनै किसिमको सेवा सुविधा पाउँदैनन् । उनिहरुको सम्मानका लागि ब्ल्याङकेट र थरमस वितरण गरिएको वडा अध्यक्ष एवं गा.पा. प्रबक्ता रामजनम चौधरीले बताउनु भयो ।

वडा भित्रका २६ जना अपाङ्गता भएको व्यक्तिहरुलाई ब्ल्याङकेट र थरमस वितरण गरि सम्मान गरिएको छ । वडाको बजेटबाट वहाँहरुलाई सम्मान गरिएको हो । वडा अध्यक्ष तथा वडा सदस्यहरु र वडाका कर्मचारीहरुको उपस्थितिमा सामग्री वितरण गरिएको थियो ।
