
असोज १९,
कर्मचारीहरुले टिकापुर न.पा.लाई पेनडाउनको ज्ञापनपत्र बुझाएका छन् । स्थानिय तह कर्मचारी संघर्ष समितिद्धारा जारि दवाव मूलक कार्यक्रममा ऐक्यबद्धता जनाउँदै नगरपालिका अन्तरगतका सवै कार्यालयमा अत्यावश्यक सेवा वाहेकका अन्य सेवा प्रवाह नगर्ने गरि अनिश्चितकालिन पेन डाउन गर्ने निर्णय भएकोले सोहि बमोजिम हुने व्यहोरा जानकारी गराउँदै प्रमुख प्रशासकीय अधिकृत नारायण बहादुर विष्टलाई ज्ञापन पत्र बुझाएका हुन् ।

पत्रमा स्थानिय तह कर्मचारी केन्द्रीय संघर्ष समितिको बैठकको निर्णय अनुसार काठमाडौंमा संचालन भईरहेको वृहत दवावमूलक कार्यक्रमलाई निरन्तरता दिदै असोज १९ गतेबाट लागुहुने गरि देशभरिका ७ सय ५३ वटै स्थानिय तहमा अत्यावश्यक सेवा वाहेकका अन्य सवै सेवाहरु बन्द गरि स्थानिय तहमा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुलाई अनिश्चित कालिन रुपमा पेन डाउन गर्न अह्वान गरिएको छ।
