सुन्नमा ५ करोड, कारोवार ९५ लाखको आय–व्यय प्रस्तुत पछि खैलाबैला

असोज १८,
पथरैया सिंचाई प्रणाली जल उपभोक्ता संस्था ठाकुरद्धारा कैलालीको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष जंग बहादुर चौधरीको सभाध्यक्षता, बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरीको प्रमुख आतिथ्यता तथा नेपाल राष्ट्रिय सिचाई आयोजना सुदुरपश्चिम प्रदेश दामोदर खडकाको विशिष्ट आतिथ्यतामा सभा सम्पन्न भएको थियो ।

कार्यक्रममा संस्थाका सचिव सविता चौधरीले सम्पन्न गरेका योजना तथा प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष रेखा कुमारी चौधरीले ९५ लाख १६ हजार ८ सय ४६ रुपैया बराबरको आय–व्यय प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । प्रतिवेदन प्रस्तुतीकरण पछि उपभोक्ताहरुको चित्त बुझेन । सुन्नमा ५ करोड र कारोवार भने ९५ लाखको आय–व्यय सुनाए पछि सभामा खैलाबैला मच्चिएको थियो । प्रत्येक वर्ष ५ करोड सम्म बजेट आउने सुनिन्छ तर कति बजेट आयो थाह हुदैन । नकुनै वार्षिक साधारण सभामा त्यो रकमकोे प्रतिवेदन प्रस्तुत हुन्छ । नत खोजी निति नै । संस्थाको साधारणमा संस्था मार्फत गरेका सम्पूर्ण कार्ययोजनाहरुको लेखाजोखा हुनुपर्ने पनि आमउपभोक्ताहरुको माग रहेको थियो ।
पथरैया सिंचाई प्रणाली जल उपभोक्ता संस्था ठाकुरद्धारा कैलालीले एक करोड भन्न कमको बजेट मात्रको कारोबार गर्न पाउने अध्यक्ष चौधरीले आफुलाई जानकारी रहेको बताए । बाँकी कति पैसा यस संस्थामा आउँछ त्यसको जानकारी समेत नरहेको उनले भने । “अरु कारोबार टेन्डर मार्फत हुने भएकोले जानकारी छैन । योजनाको काम हुन्छ तर कति बजेटमा निर्माण भयो ?, कुन कन्सलटेन्सीले कार्य गर्दैछ ? कुन मितिमा टेन्डर भयो ? योजना कहिले समाप्त हुन्छ ? सुचना पार्टी टाँस कहिल्यै हुदैन । स्टीमेट जिल्लाबाट हुन्छ । ठेकदारले योजना सम्पन्न गर्छ । कतिपय योजनाको काममा चित्त बझ्दैन वहाँले भन्नु भयो । यस विषयमा अध्यक्ष चौधरीले खोजीनिति गर्दा पथरैया मोहना सिंचाई व्यवस्थापन कार्यालय धनगढीका प्रमुख रुपेश भट्टर्राइले यस विषयमा कुनै कुरा नबताउने यदि कसैलाई चाहियो भने जवाफ आफु दिने बताउनु हुन्छ । अध्यक्ष चौधरी प्रत्येक्ष फिल्डमा आफु खटिने भएकोले कुन ठाउँमा कुन योजनाको आवश्यकता छ ? उपभोक्ताको गुनासो तथा प्रतिकृया आफुले सुन्ने पनि उनले बताए । यस ठाउँका आवश्यकतालाई बस्तुस्थिति नबुझि योजना बनाईन्छ । टेण्डर गरिन्छ । कार्यन्वयन गरिन्छ । त्यो योजना कसरी प्रभावकारी हुन सक्छ भन्ने पनि वहाँको कथन रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिले यहाँका मानिसहरुको मुख्य पेशा कृषि रहेको बताउनु भयो । “यो कृषि क्षेत्र हो । किसानहरुलाई वढी भन्दा वढि उत्पादनका लागि मल र जल अति आवश्यक हो । किसानको खेतमा सिंचाई पुगेन भने उत्पादनमा कमि आउँछ । त्यस कारण सिंचाईलाई व्यवस्थीत बनाउनु पर्छ ।” यसका लागि बर्दगोरिया गा.पा. कहिल्यै पछि नहट्ने प्रतिवद्धता प्रमुख अतिथि बर्दगोरिया गा.पा. उपाध्यक्ष गणेश राज गिरीले व्यक्त गर्नु भयो ।
माथिका कृषकहरुले सिंचाईका लागि पानी पाउने तर तल तिरका कृषकहरुले पानी नपाउन गुनासो समेत उपभोक्ताहरुले गरे । तलका कृषकहरुले पानी पोट वार्षिक रुपमा तिर्दै आएको तर सिंचाई भने पाउन नसकेको समेत उनिहरुले गुनासो गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *