बाल दिवसमा नृत्य प्रतियोगिता/कक्षा १० सम्म निःशुल्क गर्ने प्रयासमा नगरपालिका

भाद्र २९,
कैलालीको लम्की चुहा नगरपालिका –७ स्थित बालसेवा माध्यमिक विद्यालय चाकाबाँणीमा नृत्य प्रतियोगिता सम्पन्न भएको छ। ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा वडा स्तरिय आधारभुत, निम्न माध्यमिक र माध्यमिक विद्यालय तहको नृत्य प्रतिष्पर्धा भएको थियो । “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” मुल नारा रहेको प्रतियोगिता वडा स्तरिय बाल अधिकार समितिको आयोजना, बाल कल्याण संघ टीकापुरको समन्वय र लम्की चुहा नगरपालिका ७ नं. वडाको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । वडा अध्यक्ष भगवानदिन चौधरी को सभाध्यक्षतामा भएको कार्यक्रमलाई प्रमुख अतिथि लम्की चुहा नगरपालिकाका नगर प्रमुख शुसिला शाही, विशिष्ट अतिथि नगर उप–प्रमुख जुना चौधरी र लम्की चुहा नगरपालिकाका शिक्षा शाखा प्रमुखले सम्बोधन गरेका थिए ।

प्रा.वि. तहमा बाँसघारी प्रा.वि. खरौला प्रथम, राष्ट्रिय मा.वि. बाभनपुर द्धितीय र बालसेवा मा.वि. चाकाबाडी तृतीय स्थान प्राप्त गरेका छन् । त्यसै गरि नि.मा.वि. तहमा गोल्डेन फ्यूचर एकाडेमी खरौला प्रथम, राष्ट्रिय मा.वि. बाभनपुर द्धितीय र जि.टी. फारवैश्टर्न एकाडेमी तृतीय स्थान प्राप्त गरेका छन् भने मा.वि. तहमा बालसेवा मा.वि. चाकावाणी प्रथम र राष्ट्रिय मा.वि. वाभनपुर द्धितीय स्थान प्राप्त गरेका छन् । प्रतियोगितालाई पुर्ण बहादुर चौधरी, विकाश भुल र सुधराम दहितले निर्णायकको भूमिकामा रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शाहीले चुनावको समयमा कक्षा १ देखि कक्षा १० सम्म निशुल्क गर्ने प्रतिवद्धता गरे अनुसार नगरपालिका भित्रका सवै विद्यालयमा एकै पटक निशुल्क गर्न नक्ने बताए । उनले भने “विद्यालय छनौट भईरहेको छ। एक वर्षमा १० देखि १५ विद्यालय निशुल्क शिक्षा दिने योजना अनुसार पालिका संघर्षरत रहेको छ । वाँकी रहेको ४ वर्ष भित्र पालिका भित्रका सवै विद्यालयमा निशुल्क शिक्षा लागु गर्ने योजनामा पालिका अगाडी बढिरहेको छ।” पालिका भित्रका विद्यालयमा निर्माणाधिन अवस्थामा रहेको भौतिक संरचना पुरा गर्ने पनि वहाँले बताउनु भयो ।

त्यसै गरि विशिष्ट अतिथि उप–प्रमुख जुना चौधरीले सरकारले बाल अधिकारको विषयमा नितिगत रुपले कानून बनाए पनि अझै त्यहाँ सम्म अभिभावकहरु पुग्न नसकेको बताए । “अभिभावकहरु आफ्ना बालबालिकाहरुलाई हेरविचार गर्न सकिरहेका छैनन् । बालबालिकाहरु विद्यालय जान्छन् कि कतै बाहिर गईरहेका छन् । लागु पदार्थ दुव्र्यसनीले विकराल रुल लिईरहेको समयमा अभिभावकहरुले आफ्नो बालबालिकालाई हेरविचार गर्न जरुरी छ।” उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *