
भाद्र २९,
कैलालीको जोशीपुरमा माध्यमिक तहको वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। राष्ट्रिय बाल दिवसको अवसरमा यूवा सञ्जाल जोशीपुरको व्यवस्थापन, बाल कल्याण संघ टीकापुर र जोशीपुर गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । यूवा सञ्जालका कार्यवाहक अध्यक्ष सविता चौधरीको सभाध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरी, विशिष्ट अतिथि जोशीपुर गाउँपालिका उपाध्यक्ष रेखा देवी कठरिया र प्रमुख प्रशासकीय अधिकृत मार्शल पन्त रहेको थिए । कार्यक्रममा २०७९ सालको एस.ई.ई. परीक्षामा ३.७६ जि.पि.ए. ल्याउन सफल पालिका उत्कृष्ट रघुनाथ आदर्श माध्यमिक विद्यालयको प्राविधिक तर्फका विद्यार्थी भोजराज जैशीलाई प्रमुख अतिथिको हातबाट सम्मान पत्र र खादाले सम्मान गरिएको थियो ।

“बाल विवाह न्यूनिकरणमा विद्यार्थीको भूमिका” विषय वक्तृत्वकला प्रतियोगितामा जोशीपुर गा.पा. भरिका १० वटै माध्यमिक विद्यालयको सहभागिता रहेको थियो । जसमा जनप्रकाश मा.वि. मुद्धीका रमन चौधरी प्रथम, मोहन्याल मा.वि. बडहरिया जोशीपुरका भागिरथी ठगुन्ना, हेवन गार्डेन वोर्डिङ्ग स्कुल जोशीपुरका दिपिका विनाडी तृतीय स्थान प्राप्त गरेका थिए भने सान्त्वना स्वरुप जनता मा.वि. मैनपोखरीका चित्रा मटेलीलाई दिइएको थियो । प्रतियोगितामा सहभागि सम्पूर्ण विद्यालय र विद्यार्थीलाई सहभागिता प्रमाण पत्र दिइएको थियो । त्यसै गरि बाल क्लवबाट सहभागि जनाएका क्लवलाई समेत सहभागिता प्रमाण पत्र दिइएको थियो । “बालबालिमा लगानी सुनिश्चित भविष्यको थालनी” मुल नारा रहेको कार्यक्रम यूवा सञ्जालका कोषाध्यक्ष भुमिसागर सुनारको स्वागत मन्तव्य सँगै सुरु भएको थियो भने कार्यक्रमलाई सचिव भरत डंगौराले शहजीकरण गरेको थिए ।