
असार २९,
कैलाली जोशीपुर गाउँपालिका ३ नं. वडा बन्जरिया स्थित जनजागृति आधारभुत विद्यालयले विद्यालयको परिसर भित्र वृक्षारोपण गरेको छ। वि.व्य.स. अध्यक्ष भिखुलाला चौधरीको अध्यक्षता, ३ नं. वडा सदस्य एवं विद्यालयका पदेन सदस्य राजेश चौधरीको प्रमुख आतिथ्यता, विद्यालयका प्र.अ. कालीराम चौधरी लगायत वि.व्य.स.का पदाधिकारी, शि.अ.संघ, बडघर, समाजसेवी, शिक्षाप्रेमी, विद्यार्थीहरुको उपस्थितिमा वृक्षारोपण गरिएको हो ।

श्री शंकर सामुदायिक वन उपभोक्ता समूह जोशीपुर ३ बन्जरियाबाट अनुदान प्राप्त सगुन ३ सय बोट, कागटी २५ बोट, अमला ६ बोट, सिमल २५ बोट र बेल कोबोट ५ गरि ३ सय ६१ बोट विरुवा वृक्षारोपण गरिएको छ।
विद्यालयको वार्षिक कार्यायोजना अन्तरगत वृक्षारोपण भएको विद्यालयका प्र.अ. कालिराम चौधरीले बताउनु भयो ।
