
आ.व. २०८०/०८१ को सावन महिना देखि सवारी नियम उल्लङ्घन गरेका सवारी चालकहरुलाई कारवाही गर्दा अनलाईन तथा बैंकिङ्ग प्रणालीद्धारा ट्राफिक जरिवाना काटिने जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कैलाली जिल्लामा हाल सम्म सवारी नियम उल्लङघन गर्ने सवारी चालक तथा धनिलाई ट्राफिक जरीवाना बाफत नगदी रसिद दिईदै आएकोमा मिति २०८० श्रावन १ गते देखि नेपाल भर Traffic Violation Record System – TVRS_ Software को माध्यम द्धारा ट्राफिक जरीवाना बैङकिङ प्रणालि लागु हुन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरिक्षक विरेन्द्र सिंह जोहारीले जानकारी दिनु भयो ।
श्रावण १ गतेबाट सवारी नियम उल्लङघन गर्ने सवारी चालक तथा धनिलाई ट्राफिक प्रहरीद्धारा जारी गरेको २४ घण्टे पुर्जी दिईने र ट्राफिक जरीवाना बुझाउदा उक्त २४ घण्टे पुर्जी साथमा लिई नजिकको राष्ट्रिय बाणिज्य बैंक तथा Online बाट e–Sewa, khalti, connect IPS _ Login गरी Traffic Police Fine Payment बाट भुक्तानी गर्न सकिने पनि वहाँले बताउनु भयो ।