अतिरिक्त कृयाकलाप अन्तरगत धान रोपाई

असार २२,
कैलालीको जोशीपुर गाउँपालिका वडा नं. ३ स्थित जनजागृति आधारभुत विद्यालयले अतिरिक्त कृयाकलाप अन्तरगत धानरोपाई गरेको छ। विद्यालय परिसर भित्रको करिव ५ कट्ठा जमिनमा शिक्षक, विद्यार्थी तथा व्यवस्थापन समितिद्वारा धान रोपाई गरिएको हो ।
कृषि प्रधान देशमा विद्यार्थीहरुलाई विद्यालयबाटै कृषिको आधारभुत ज्ञान प्रदान गर्ने र भविष्यमा तरकारी खेती गरी आधुनिक कृषि तिर हौसला तथा प्रोत्साहन गर्ने उद्देश्यले अतिरिक्त कृयाकपाल अन्तरगत धान रोपाई गरिएको वि.व्य.स. अध्यक्ष अध्यक्ष भिक्खु राम डँगौराले बताउनु भयो ।
आधुनिक कृषि प्रणालीमा लैजान पहलकदमी प्रयास साथै बाँझो जमीनको सदुपयोग सँगै छात्र छात्राहरुलाई शुक्रबारको अतिरिक्त क्रियाकलाप संचालन गरिएको बिद्यालयका प्र.अ. कालिराम चौधरीले बताउनु भयो। यस विद्यालयले अतिरिक्त कृयाकलाप अन्तरगत पढाईमा कमजोर विद्यार्थीहरुलाई कोचिङ्गको व्यवस्था समेत गरेको वहाँले बताउनु भयो ।

आधारभुत विद्यालयमा विद्यार्थीहरुको आधारभुत सिकाई हरेक विषयमा हुन जरुरी छ । यिनिहरुलाई कृषि, स्वास्थ्य, नैतिक शिक्षाको आधारभुत विषयबस्तुको प्रयोगात्मक सिकाई गराउन तरुरी रहेको विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष लाल बहादुर डंगौराले बताउनु भयो ।
रोपाईको सिजनमा सामुहिक रुपमा रोपाई गर्न पाउँदा विद्यार्थीहरु हर्षित देखिन्छन् । उनिहरु भन्छन् धेरै रमाईलो भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *