
असार २१,
श्री वनदेवी सामुदायिक वन उपभोक्ता समूह भजनी नगरपालिका २ कटानपुरमा सहिया पहला ताल जैविक विविधता संरक्षण तथा व्यवस्थापन सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ। चरा संरक्षण नेटवर्कको आयोजनामा सहिया पहला ताल जैविक विविधता संरक्षण तथा व्यवस्थापनको एक दिने कार्यक्रम भएको हो । चरा संरक्षण नेटवर्कका अध्यक्ष दयाराम चौधरीको सभाध्यक्षता तथा कैलाली क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य माननिय गंगाराम चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । अत्तरकृयात्मक कार्यक्रमलाई डा. राम बहादुर चौधरीले प्रशिक्षण दिनु भएको थियो ।

उपभोक्ता समूह संगठन गठन तथा क्षमता एवं संस्थागत विकास, सचेतना अभियान, तत्बन्ध, गोरेटोबाटो, माछापालन साईट, वोटिङ्ग साईट, गड्योला मलखाद बनाउने तथा तरकारी खेति, सूचना केन्द्र, जैविक घेरवार तथा बाँस/वृक्षारोपण गर्ने संस्थाको मुख्य उद्देश्य रहेको प्रशिक्षक डा. राम बहादुर चौधरीले बताउनु भयो ।
बनदेवी सा.व.उ.स. मा रहेको तालमा जिव जनावर, पशुपंक्षीले पानी पिउन आउने गर्दछन् । यस ताललाई व्यवस्थीत गर्न सामुदायिक वनले विभिन्न पहल र प्रयासहरु गर्दै आएको छ। यस सामुदायिक वनमा चराचुरुंगी, जनावरहरुको संख्यामा वृद्धि भएको र वन संरक्षणमा राम्रो प्रयास र पहल गर्दै आएको स्थानियहरु बताउँछन् ।
पर्यटनको राम्रो सम्भावना बोकेको यस वनदेवी सामुदायिक वनको दिर्घकालिन योजना बनाई कार्यन्वयन गर्नमा जोड दिनुपर्ने प्रमुख अतिथि माननिय गंगाराम चौधरीले बताउनु भयो ।
कार्यक्रममा वनदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बाबुराम चौधरी लगायत पदाधिकारीहरु, शिक्षक, समाजसेवी, वुद्धिजिवी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई चरा संरक्षणकर्मी हिरु डंगौराले सहजीकरण गर्नु भएको थियो ।