
जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा अपाङ्गता पहिचान, स्वास्थ्य तथा पुनस्र्थापन घुम्ती शिविर सम्पन्न भएको छ । शिविरमा ६७ जनालाई अपाङ्गता पहिचान, स्वास्थ्य तथा पुनस्र्थापनका लागि चेकजाँच गरिएको छ । ३४ जना महिला र ३३ पुरुषलाई चेकजाँच गरिएको थियो । ७ जनालाई कनसलटेशन, ६ जनालाई सहायक समाग्री, चेकजाँच गरिएका सवैलाई औषधि तथा फिजियोथेरापी, १ जनालाई वाकर र १ जनालाई ह्वील चियर प्रदान गरिएको थियो । शिविरमा डा. राजेन्द्र योन्जनको टोलीले चेकजाँच गरेको थियो ।

जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्र मुद्धीमा शिविर विहान ९ बजे देखि साँझ ५ बजे सम्म संचालन भएको थियो । अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र (HRDC) बनेपा, काभ्रेपलाञ्चोक, जोशीपुर गाँउपालिका र बाल बल्याण संघ टिकापुर, कैलालीको संयुक्त आयोजनामा १८ बर्षसम्मका शरीरिक अपा∙ता भएका बालबालिकाको लागि स्वास्थ्य तथा पुनस्र्थापन घुम्ति शिविर संचालन भएको थियो ।

शिविरमा जँमजात खुट्टाको पैतला भित्र फर्केको, खुट्टा लुलो र कमजोर भएको, जोर्नीहरु र घुँडाको पाँङग्रो खुस्किएको, जोर्नीहरु दुख्ने र सुन्निने समस्या भएको, औंलाहरु एकआपसमा टाँसिएको, शरीरका विभिन्न जोर्नीहरु बाङ्गो भएको वा खुस्किएको, आगोले पोलेर अङ्गहरु एक आपसमा टाँसिएको, भाँचिएको बाङ्गो भएको वा हड्डी नजोडिएको, ढाड बाङ्गो वा कुप्रो भएको, हड्डी पाकेर पिप आईरहने, अन्य हाडजोर्नीसम्बन्धी समस्या भएको, कृत्रिम (अङ्ग) र सहायक सामग्री आवश्यकता भएकाहरुलाई चेकजाँच गरिएको थियो ।