जोशीपुरमा सवारी दुर्घटना न्यूनिकरण सम्बन्धि जनप्रतिनिधिहरुसँग अन्तरकृया

कैलालीको जोशीपुरमा सवारी दुर्घटना न्यूनिकरण सम्बन्धि जनप्रतिनिधिहरुसँग अन्तरकृया तथा छलफल भएको छ। “हर प्रहर, गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी” मूल नारा रहेको समुदाय–प्रहरी सझेदारी अभियान अन्तरगत अस्थाई ट्राफिक प्रहरी पोष्ट जोशीपुरको आयोजना, जोशीपुर जेसीजको सहयोग तथा समन्वय र जोशीपुर गाउँपालिकाको विशेष सहयोगमा अन्तरकृया तथा छलफल भव्य रुपमा सम्पन्न भएको हो ।

जोशीपुर गा.पा. अध्यक्ष एवं प्रमुख अतिथि चित्र बहादुर चौधरी, गा.पा. उपाध्यक्ष एवं विशिष्ट अतिथि रेखा देवी कठरिया, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, जोशीपुर जेसीजका पूर्व अध्यक्षहरु, जेसीजका वोर्ड पदाधिकारीहरु, जेसीज सदस्यहरु र जिल्ला ट्राफिक प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय जोशीपुरको उपस्थिति रहेको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरिक्षक विरेन्द्र सिंह जोहारी ले प्रोजेक्टरबाट स्लाईड गरि ट्राफिक नियम, ट्राफिक संकेत, सडक दुर्घटना हुनका कारण, यसलाई न्यूनिकरण गर्ने उपाय र सडक दुर्घटना न्यूनिकरणका लागि जनप्रतिनिधिहरुको भूमिका बारे प्रशिक्षण दिनु भयो । वहाँँले ट्राफिक नियमको पालना गरे आफु पनि बाँच्ने र अरुको जिउज्यानको सुरक्षा पनि हुने बताउनु भयो ।

त्यसै गरि जोशीपुर गा.पा. अध्यक्ष चित्र बहादुर चौधरीले यस्तो कार्यक्रम प्रत्यके वडा÷वडा, टोलटोलमा गर्न सके प्रभावकारी हुने बताउनु भयो । वहाँले आफु बच्ने र अरुको जीवन रक्षा हुने जस्तो महत्वपूर्ण कार्यक्रमका लागि स्थानिय सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रमका सभाध्यक्ष एवं जोशीपुर जेसीज अध्यक्ष धर्मेन्द्र विष्टले सवारी दुर्घटना न्यूनिकरणका लागि स्थानिय सरकार गम्भीर हुन आवश्यक रहेको बताउनु भयो । वहाँले वडाहरुको कुन–कुन ठाउँमा सवारी साधन दुर्घटना न्यूनिकरणका लागि बोर्ड आवश्यक छ । त्यस ठाउँमा ट्राफिक जनचेतनाको वोर्ड लगाउन सके दुर्घटना न्यूनिकरणमा ठुलो सहयोग पुग्ने पनि बताउनु भयो ।
कार्यक्रमलाई जोशीपुर जेसीज वर्ष २०२३ का कोषाध्यक्ष भूमि सागर सुनारले सहजीकरण गर्नु भएको थियो भने स्वागत मन्तव्य जेसीज निवर्तमान अध्यक्ष सुधराम दहित र शुभकामना मन्तव्य जोशीपुर जेसीजका पूर्व अध्यक्ष विष्णु प्रसाद डंगौराले दिनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *