
कैलालीको सत्तीमा कार्यरत ट्राफिक प्रहरी बरिष्ठ हवल्दार केशव सिंह धामी सम्मानित भएका छन् ।

ट्राफिक व्यवस्थापनमा ईमान्दार, बफादार, कर्तव्यनिष्ठ, अनुशासित र लगनशील भई सवारी दुर्घटना न्यूनिकरणका लागि महत्पूर्ण भूमिका निर्वाह गरेको साथै सचेतना मूलक बोर्ड जडान, स्कुल सम्पर्क कार्यक्रम, टोल बस्तिमा ट्राफिक सचेतना कार्यक्रम, यातायात व्यवस्था ऐन विपरित संचालनमा रहेका मोटरसाईकल नियन्त्रणमा लिई कानुन बमोजिम कार्य गरेकोल नेपाल प्रहरी राजमार्ग सुरुक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरीयाद्धारा चैत्र महिनाको “ट्राफिक पुलिस अफ द मन्थ” को अवार्डले सम्मानीत भएका हुन ।
